नेपाल इन्भेष्टमेण्ट बैंकको बोनस पछिको शेयरमूल्य समायोजित, कति तोकियो मूल्य ?

Sep 06, 2016 Mero Lagani

नेपाल इन्भेष्टमेण्ट बैंक (NIB) ले आफ्ना लगानीकर्तालाई प्रस्ताव गरेको २० प्रतिशत बोनस र २१ प्रतिशत नगद लाभांसका आधारमा मंगलबार शेयर मूल्य समायोजन भएको छ । बैंकको संस्थापक शेयरको पनि शेयर मूल्य समायोजना भएको छ । भदौ २१ देखि असोज ११ सम्मका लागि शेयरधनी पुस्तिका बन्द गरेको छ ।

आगामी असोज ११ गते हुने साधारण सभाबाट लाभांस पारित गर्ने पहिलो वाणिज्य बैंकको बनेको इन्भेष्टमेण्ट बैंकको साधारण शेयर ९ सय ८ रुपैंया कायम भएको छ । सोमबार बैंकको प्रतिकित्ता शेयर मूल्य १ हजार ९० रुपैंया रहेको थियो । त्यसै गरी बैंकको संस्थापक शेयर पनि प्रतिकित्ता ७ सय ९८ रुपैंयामा समायोजन गरिएको छ । सोमबार बैंकको प्रतिकित्ता संस्थापक शेयर ९ सय ५८ रुपैंया रहेको थियो ।

गत आर्थिक बर्षको मुनाफाबाट २० प्रतिशत बोनश शेयर तथा २१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको बैंकले गत आर्थिक बर्षमा दुई अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले प्रस्ताव गरेको लाभांश राष्ट् बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् । बैंकले प्रस्ताव गरेको बोनश वितरणपश्चात इन्भेष्टमेन्ट बैंक ८ अर्ब चुक्ता पूँजी पुर्याउने पहिलो वाणिज्य बैंक समेत बन्नेछ ।

हाल बैंकको ७ अर्ब २५ करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । बोनश वितरण पश्चात बैकको चुक्तापूँजी ८ अर्ब ७० करोड रुपैयाँ पुग्नेछ । गत आर्थिक बर्षको वित्तीय विवरण अनुसार बैंकको जगेडाकोषमा १० अर्ब ५५ करोड रुपैयाँ सञ्चित रहको छ ।

चुक्ता पूँजी, जगेडा कोष र निक्षेप संकलनको हिसावले नेपाल ईन्भेष्टमेन्ट बैक निजि बैंकहरुमा अग्रणी सावित भएको छ । नेपाल राष्ट्र बैकले तोकेको चुक्ता पूँजी पुगिसकेको भए पनि एक अर्ब भन्दा बढी चुक्ता पूँजी भएको एस डेभलपमेन्ट बैंकलाई किनेर आफुमा मिलाउने निर्णय गरिसकेको छ ।

नेपाल ईन्भेष्टमेन्ट बैंकको प्रगति बिबरण हेरेपछि लगानीकर्ताले के निर्णय गर्ने ?

बाणिज्य बैंकहरुको प्रति शेयर आम्दानी हेरेपछि अब कुन बैंकको शेयर किन्नु उचित ?

ईन्भेष्टमेण्ट बैंकले किनि छाडयो एस डेभलपमेण्ट बैंक, स्वाप रेशियो कति ?

इन्भेष्टमेण्ट बैंकको एफपिओ नेप्सेमा सूचीकृत, कहिले होला कारोबार ?

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।