अल्पाइन डेभलपमेन्ट बैंक (ALDBL)ले गत श्रावण १९ गतेदेखि ८ लाख २० हजार कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो । बैंकले तीन कित्ता बराबर २.०८ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । असार २१ गतेसम्म कायम अल्पाइनका शेयरधनीले हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । लगानीकर्ताले एनमबी क्यापिटल, एनएमबी बैंक र बैंकका सबै शाखा कार्यालयबाट हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।
हाल बैंकको ११ करोड ८० लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । हकप्रद पश्चात बैंकको पूँजी २० करोड रुपैयाँ पुग्नेछ ।
त्यस्तै मिथिला लघुवित्त विकास बैंक (MLBBL)ले नि श्रावण १९ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो । जसमा आवेदन गर्ने पनि आज अन्तिम दिन हो । मिथिलाले एक करोड ६९ लाख ७४ हजार रुपैयाँ बराबरको एक लाख ६९ हजार ७ सय ४० कित्ता हकप्रद निष्कासन गरेको हो ।
बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।बैंकका सम्पूर्ण शाखा कार्यालय तथा सिभिल क्यापिटल मार्फत हकप्रद शेयरमा आवेदन दिन सकिनेछ ।
हाल बैंकको चुक्तापूँजी ३ करोड ३९ लाख रुपैयाँ रहेको छ । हकप्रद निष्कासन पश्चात बैंकको पूँजी ५ करोड ९ लाख रुपैयाँ पुग्नेछ ।
..................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।