गत आर्थिक वर्षमा ५० प्रतिशत हकप्रद निष्काशन गरेको बैंकले लगानीकर्तालाई हकप्रद पछिको चुक्ता पूँजीको १५ प्रतिशत बोनस प्रस्ताव गरेको हो । मेरोलगानीसँग कुरा गर्दै सानिमा बै.कका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, ‘लगानीकर्तामा अन्यौलता नहोस भन्न चाहन्छु, बैंकले हकप्रद शेयरलाई पनि बोनस दिने निर्णय गरेको छ । समायोजन गरेका कारण नै बैंकले १५ प्रतिशत बोनस प्रस्ताव गरेको हो ।’
प्रतिशेयर आम्दानी २६ रुपैंया ९ पैसा रहेको बैंकले हकप्रदलाई समायोजन गरी लगानीकर्तालाई बोस बितरणको प्रस्ताव गरेको हो । राष्ट्र बैंकबाट उक्त प्रस्ताव स्वीकृत भएर साधारण सभाले पारित गरे पछि लगानीकर्ताले पाउने छन् ।
सानिमाले अघिल्लो आर्थिक बर्षको चौथो त्रैमाससम्ममा जम्मा ६२ करोड ४१ लाख खुद नाफा कमाएकोमा गत आर्थिक बर्ष भरिमा एक अर्ब ४ करोड ९५ लाख रुपैयाँ कमाएर ६७ प्रतिशतले प्रगति गरेको छ । बाणिज्य बैंकहरु मध्येमा सबैभन्दा थोरै निस्क्रिय कर्जा रहेको किर्तिमान कायम गरेको सानिमाले गत आर्थिक बर्षको अन्त्यसम्ममा त्यसमा अरु प्रगति गरी ०।०२ प्रतिशतमा झारेको छ । बैंकले ब्याज आम्दानी र संचालन नाफामा उल्लेखनीय बढोत्तरी गरेको छ भने निक्षेप संकलन भन्दा कर्जा बिस्तारको दरलाई बढाएर अर्को उदाहरण प्रस्तुत गरेको छ । गत बर्ष २० प्रतिशत बोनस शेयर दिएर लगानीकर्ताहरुको मन जितेको बैंकको प्रति शेयर नेटवर्थ १४६ र पूँजी कोष १२.६५ प्रतिशत रहेको छ । हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५९ करोड पुगेकोमा बोनस बितरण पश्चात बैंकको पूँजी ५ अर्ब २८ करोडको हाराहारीमा पुग्नेछ।
उता हाम्रो विकास बैंकले पनि लगानीकर्तालाई २५ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । बैंकले कर प्रायोजनका लागि नगद लाभांसको प्रस्ताव गरेको छैन । यसले गर्दा लगानीकर्ताले बोनस पाउनु अघि कर प्रयोजनका लागि तिर्नु पर्ने रकम आफैंले भुक्तानी गर्नुपर्ने हुन सक्छ, जसले गर्दा बोनस शेयर डिम्याट खातामा आउन ढिलाईको सम्भावना देखिन्छ । यसले लगानीकर्तालाई केही झण्झट हुन्छ ।
....................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।