यस्तो छ फर्स्ट माईक्रोको पूँजी वृद्धि योजना,यसै बर्ष १५ प्रतिशत बोनश र पचास प्रतिशत हकप्रद

Sep 09, 2016 Mero Lagani

फर्स्ट माईक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड (FMDBL) ले नेपाल राष्ट्र बैंकमा आफ्नो पूँजी वृद्धि योजना पेश गरेको छ । चालु आर्थिक बर्षको मौद्रिक नीतिबाट राष्ट्रिय स्तरको थोक कर्जा प्रदान गर्ने लघुवित्त वित्तीय संस्थाको पूँजी ६० करोड पुर्याउने व्यवस्था गरेको राष्ट्र बैंकले यहि भाद्र मसान्तभित्र त्यस्ता संस्थालाई वृद्धि पूँजी योजना बुझाउन निर्देशन दिएको थियो ।

बैंकले राष्ट्र बैंकमा बुझाएको पूँजी वृद्धि योजना अनुसार गत आर्थिक बर्षको मुनाफाबाट १५ प्रतिशत बोनश बाँड्ने र चालु आर्थिक बर्षभित्रै पचास प्रतिशत हकप्रद जारी गर्ने भएको छ । अहिले बैंकको चुक्तापूँजी २३ करोड रुपैयाँ रहेको छ । बोनश पश्चात बैंकको चुक्तापूँजी २६ करोड रुपैयाँ पुग्ने र त्यसपछि पचास प्रतिशत हकप्रद जारी गरेपछि चालु बर्षमै ३९ करोड रुपैयाँ चुक्तापूँजी पुग्नेछ ।

यस्तो छ गत आर्थिक वर्षमा लघुवित्त कम्पनीहरुको प्रगती (तथ्यांक सहित)


त्यसपछि बैंकले आगामी आर्थिक बर्षमा १५ प्रतिशत बोनश र अर्को बर्ष पुन पचास प्रतिशत हकप्रद जारी गरेर ६८ करोड पूँजी पुर्याउने योजना राष्ट्र बैंकमा बुझाएको छ । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय सस्ंथा नियमन विभागबाट भाद्र ८ मा जारी गरेको परिपत्र अनुसार बैंकले पूँजी वृद्धि योजना सार्वजनिक गरेको जनाएको छ । 

 

राष्ट् बैंकले माग्यो थोक कर्जा प्रदान गर्ने लघुवित्तको पूँजी योजना, भदौ मसान्तसम्म बुझाउनुपर्ने

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।