लक्ष्मी लघुवित्तको शतप्रतिशत हकप्रद निष्काशन, कति रुपैंयामा भयो शेयर मूल्य समायोजन ?

Sep 11, 2016 Mero Lagani

लक्ष्मी लघुवित्त (LLBS) ले १ बराबर १ कित्ताका दरले हकप्रद शेयर निष्काशन गरेको छ । आइतबार भदौ २६ गते शेयरधनी पुस्तिका बन्द गरेको लघुवित्तको शेयर मूल्य पनि समायोजन भएको छ । लघुवित्तले असोज १४ देखि हकप्रद निष्काशन गर्ने भएको हो ।

केही दिन अघि मात्र नेपाल धितोपत्र बोर्डबाट शतप्रतिशत हकप्रद निष्काशनको स्वीकृति पाएको लक्ष्मी लघुवित्त वित्तीय संस्थाले हकप्रद निष्काशनको मिति तोकेको छ ।

आह्वानपत्र प्रकाशित गरी लघुवित्तले अशोज १४ गतेदेखि कार्तिक १८ गतेसम्म हकप्रद शेयर निष्काशन गरेको हो । गत बिहीबारसम्म शेयर खरिद गरेका लगानीकर्ताले मात्र लघुवित्तको हकप्रद शेयर भर्न पाउने छन् । प्रतिकित्ता १ सय रुपैंयाका दरले अहिलेको चुक्ता पूँजी बराबर अर्थात ११ लाख कित्ता शेयर निष्काशन गरेको हो ।

अहिले ११ करोड चुक्ता पूँजी रहेको लघुवित्तको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी २२ करोड रुपैंया पुग्नेछ । गत आर्थिक वर्षमा ६ करोड २४ लाख ४६ हजार रुपैंया खुद नाफा कमाएको लघुवित्तको प्रतिशेयर आम्दानी ५६ रुपैंया ७७ पैसा रहेको छ ।

यसै बिच हकप्रद निष्काशनका लागि शेयर धनी पुस्तिका बन्द गरे पछि लघुवित्तको शेयर मूल्य पनि समायोजन भएको छ । गत बिहीबार ३२५० रुपैंया प्रतिकित्ताका दरले किनबेच भएको लघुवित्तको समायोजित शेयर मूल्य १६७५ रुपैंया रहेको छ ।

              गत आर्थिक वर्षमा लघुवित्त कम्पनीहरुले कस्तो गरे प्रगती ? (तथ्यांक सहित)]

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।