मितेरीको ५० प्रतिशत हकप्रद भर्न असोज ५ गतेसम्म शेयर खरिद गर्नुपर्ने

Sep 12, 2016 merolagani

मेगाको हकप्रद भर्ने म्याद ३ दिन, कसमसको २ दिन बाँकी
मितेरी डेभलपेमन्ट बैंक (MDB) ले जारी गर्ने पचास प्रतिशत (२ः१)को अनुपातमा हकप्रद शेयर भर्न इच्छुक लगानीकर्ताले असोज ५ गतेसम्म शेयर खरिद गरिसक्नु पर्नेछ । बैंकले असोज ६ गते हकप्रद प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द हुने जनाएको छ । त्यस्तै मेगा बैंक (MEGA) ले निष्काशन गरेको २५ प्रतिशत हकप्रद भर्न ३ दिन र कसमस डेभलपमेण्ट बैंक (CSDBL) ले निष्काशन गरेको हकप्रद भर्ने म्याद २ दिनपछि सकिदैछ ।



मितेरीले १० करोड ५६ लाखरुपैयाँ बराबरको १० लाख ५६ हजार ३ सय ६९ कित्ता हकप्रद शेयर निष्काशन गर्देछ । बैंकले ५० प्रतिशत अर्थात दुई बराबर एकका दरले हकप्रद शेयर जारी गर्न लागेको हो ।

मितेरीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल (साविकको ग्रोमर मर्चेन्ट बैंकर) रहेको छ । २१ करोड १२ लाख ७४ हजार रुपैंया चुक्ता पूँजी रहेको बैंकको हकप्रद पश्चात पूँजी ३१ करोड ६८ लाख रुपैयाँ पुग्नेछ ।

मेगा बैंकको २५ प्रतिशत हकप्रद भर्ने म्याद भदौ २९ गतेसम्म

मेगा बैंकले आफ्ना शेयरधनीका लागि जारी गरेको २५ प्रतिशत हकप्रद शेयर भर्ने म्याद ३ दिन मात्र बाँकी रहेको छ । बैंकले शेयरधनीलाई चार बराबर एक (४ः१) का दरले हकप्रद निष्काशन गरेकोे हो । साउन ९ गतेसम्म कायम बैंकका शेयर धनीले मात्रै बैंकको हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन् ।

बैंकले एक सय रुपैयाँ दरको ८१ लाख एक हजार ४ सय ३८ कित्ता शेयर निष्कासन गरेको छ । बैंकका शेयरधनीले साउन २७ गतेदेखि भदौ २९ गतेसम्म हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन् ।

कसमसकोे हकप्रद भर्ने म्याद भदौ २८ गतेसम्म

कसमस डेभलपमेण्ट बैंकले जारी गरेको हकप्रद भर्ने म्याद भदौ २८ गते सकिदैछ । बैंकले ५ लाख ३ हजार एक सय २५ कित्ता हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको थियो ।

साउन ३ गतेसम्म कायम बैंकका शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

बैंकले हाल कायम रहेको ५ करोड ३ लाख १२ हजार ५ सय रुपैयाँ रहेको चुक्ता पुँजीलाई दुई गुणा बढाउन हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद निष्काशन पश्चात बैंकको चुत्ता पूँजी दश करोड छ लाख पच्चीस हजार रुपैयाँ पुग्नेछ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।