ओरेन्टल होटलको २० प्रतिशत बोनस सहित २६ प्रतिशत लाभांश, असोज १९ गते साधारणसभा

Sep 14, 2016 merolagani

ओरेन्टल होटल लिमिटेड (OHL) ले आफ्ना शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्न असोज १९ गतेका लागि बार्षिक साधारणसभा बोलाउने भएको छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट २० प्रतिशत बोनस र ६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साथै कम्पनीले साधारणसभा प्रयोजनका लागि असोज ६ गतेदेखि १९ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द रहने जानकारी दिएको छ ।



होटलले प्रस्ताव गरेको लाभांश पाउन असोज ५ गतेसम्म शेयर खरिद गर्नुपर्ने हुन्छ ।कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि प्रस्तावित लाभांश शेयरधनीलाई वितरण गरिनेछ ।

गत आर्थिक वर्षमा कम्पनीले ११ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो बर्षमा १९ करोड रुपैयाँ नाफा कमाएको कम्पनीको भूकम्प र नाकाबन्दीका कारण होटल व्यवशाय प्रभावित बनेका कारण नाफामा कमी आएको हो । 

 

गएको बर्ष पनि कम्पनीले २० प्रतिशत बोनश नै वितरण गरेको थियो । कम्पनीले काठमाडौको लाजिम्पाटमा पाँच तारे रेडिशन होटल संचालन गर्दै आएको छ । 

हाल कम्पानीको चुक्तापूँजी ६५ करोड ९७ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनश बाडेपछि कम्पनीको पूँजी ७९ करोड रुपैयाँ नाघ्नेछ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।