फर्स्ट माइक्रोफाइनान्सले बोलायो साधारण सभा ? बोनस र हकप्रदको प्रस्ताव मुख्य एजेण्डा

Sep 14, 2016 Mero Lagani

फर्स्ट माइक्रोफाइनान्सले लगानीकर्तालाई दिने भनी प्रस्ताव गरेको १५ प्रतिशत बोनस पारित गराउनका लागि साधारण सभा बोलाएको छ । माइक्रोफाइनान्सले अशोज १९ गतेका लागि साधारण सभा बोलाएको हो । माइक्रोफाइनान्सले साधारण सभाबाट पूँजी वृद्धिका लागि ५० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव समेत पारित गर्दैछ ।

गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस तथा शुन्य दशमलव ७९ प्रतिशत नगद लाभांस बितरणको प्रस्ताव गरेको छ । यसका साथै माइक्रोफाइनान्सले मौद्रिक नीति मार्फत राष्ट्रियस्तरको थोक लघुवित्त कम्पनीको चुक्ता पूँजी ६० करोड पुर्याउनु पर्ने व्यवस्था अनिवार्य गरे पछि ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि साधारण सभाबाट पारित गर्दैछ ।

साधारण सभा प्रयोजनका लागि माइक्रोफाइनान्सले अशोज ५ गते शेयरधनी पुस्तिका बन्द गर्ने जनाएको छ । १५ प्रतिशत बोनस सुरक्षित गर्नका लागि लगानीकर्ताले असोेज ४ गतेसम्ममा माइक्रोफाइनान्सको शेयर खरिद गरिसक्नु पर्ने हुन्छ । ५० प्रतिशत हकप्रद सुरक्षित गर्नका लागि भने धितोपत्र बोर्डबाट स्वीकृति पाए पछि माइक्रोफाइनान्सले बुक क्लोजको अर्को सुचना प्रकाशित गर्नेछ ।

अहिले बैंकको चुक्तापूँजी २३ करोड रुपैयाँ रहेको छ । बोनश पश्चात बैंकको चुक्तापूँजी २६ करोड रुपैयाँ पुग्ने र त्यसपछि पचास प्रतिशत हकप्रद जारी गरेपछि चालु आर्थिक वर्षमा नै ३९ करोड रुपैयाँ चुक्तापूँजी पुग्नेछ । त्यसपछि बैंकले आगामी आर्थिक बर्षमा १५ प्रतिशत बोनश र अर्को बर्ष पुन पचास प्रतिशत हकप्रद जारी गरेर ६८ करोड पूँजी पुर्याउनेछ ।

     [यस्तो छ फर्स्ट माईक्रोको पूँजी वृद्धि योजना,यसै बर्ष १५ प्रतिशत बोनश र पचास प्रतिशत हकप्रद]

     [यस्तो छ गत आर्थिक वर्षमा लघुवित्त कम्पनीहरुको प्रगती (तथ्यांक सहित)]

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।