कैलाश विकास बैंकले २५ प्रतिशत बोनस दिने, २० प्रतिशत हकप्रद पाइपलाइनमा

Sep 16, 2016 merolagani

दुई विकास बैंक र एक फाइनान्स कम्पनी गाभिएर बनेको कैलाश विकास बैंक (KBBL) ले लगानी कर्तालाई २५ प्रतिशत लाभांश दिने भएको छ । भदौ २९ गते सम्पन्न बैंक सञ्चालक समितिको बैठकले लगानी कर्ताहरुलाई २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । साथै बैक २० प्रतिशत हकप्रद निष्कासनको प्रक्रियामा रहेको छ ।



नेपाल राष्ट्र बैंकको स्विकृति तथा आगामी साधारण सभाबाट पारित गरेपछि बैंकले शेयरधनीलाई प्रस्तावित लाभांश वितरण गर्नेछ । बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ४३ करोड ९४ लाख खुद नाफा आर्जन गरेको थियो ।

एक अर्ब ५८ करोेड चुक्ता पुँजी रहेको कैलाश विकास बैंकको जगेडा कोषमा ८६ करोड रुपैंयाँ रहेको छ । बोनस वितरणपश्चात बैंकको पूँजी एक अर्ब ९७ करोड रुपैयाँ पुग्नेछ ।

बैकले २० प्रतिशत अर्थात पाँच बराबर एक कित्ता हकप्रद शेयर निष्कासन गर्ने प्रक्रिया रहेको छ । बैंक हकप्रद जारी गर्न धितोपत्र बोर्डको स्वीकृतिको पर्खाइमा रहेको छ । बैंकले ३१ करोड ६० लाख रुपैयाँ बराबरको ३१ लाख ६० हजार ६७२ कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ ।

नेपाल राष्ट् बैंकको निर्देशन अनुसार राष्ट्रिय स्तरका विकास बैकले आगामी असार मसान्त सम्ममा २ अर्ब ५० करोड पूँजी पूर्याउनुपर्ने हुन्छ ।

बैंकको प्रति शेयर आम्दानी २७ रुपैंयाँ ७१ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १५४ रुपैंयाँ ८९ पैसा रहेको छ । बैंकको खराव कर्जा ०.८२ प्रतिशत छ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।