नयाँ उर्जामन्त्रीको नाराः नेपालको पानी, जनताको लगानी

Sep 16, 2016 Merolagani

उर्जामन्त्री जनार्दन शर्माले नेपालको पानी जनताको लगानी नारा अघि सार्दै बिद्युत संकट समाधानको ३७ बुंदे कार्ययोजना सार्वजनिक गर्नुभएको छ । उहाँले दुई बर्ष भित्र लोडसेडिड. पूर्ण रुपमा अन्त्य गरिने उल्लेख गर्नुभयो ।

 

उर्जा मन्त्रलयमा आयोजित कार्यक्रममा मन्त्री शर्माले नेपाल बिद्युत प्राधिकरणका आयोजनाहरुबाट आठ सय ५० मेगावाट, निजी प्रबद्र्धकहरुबाट ४०० मेगावाट, सौर्य उर्जा लगायतका स्रोतहरुबाट २०० मेगावाट र भारतबाट ६०० मेगावाट आयात गरी बिद्युत संकट अन्त्य गरिने बताउनु भयो ।

उहाँले सरकार मातहतका बित्तीय संस्थाहरु, निजी बैंक तथा बित्तीय संस्था, कल्याणकारी कोषहरु , रेमिट्यान्स, सरकारी कर्मचारी, संचारकर्मीहरु, मजदुर र सर्बसाधारणलाई समेत समेटी जलबिद्युत आयोजना संचालन गर्ने कार्यक्रम ल्याईने उद्घोष पनि गर्नुभयो ।

त्यसैगरी टेलिफोन कलहरुमा शुल्क लगाई जलबिद्युत आयोजनाको सेयरमा रुपान्तरण गर्ने कार्ययोजना बनाउने पनि बताउनु भएको छ । नेपाली सेना र सुरक्षा निकायहरुको संलग्नतामा एक नमूना बिद्युत आयोजना निर्माण गर्ने कार्यक्रम ल्याईने उहाँले बताउनुभयो ।

त्यस्तै सिमान्तकृत, शहिद, बेपत्ता परिवार, घाईते, अपांग र अति बिपन्न जनताको आर्थिक अबस्था सुधार्न सरकारी स्वामित्वको बिद्युत आयोजनाहरुमा सहुलियत दरमा सेयर कायम हुने ब्यवस्था गरिने भएको छ ।

.................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।