गरिमा विकास बैंक र शुभेच्छा विकास बैंकको असोज ४ देखि एकीकृत कारोबार

Sep 16, 2016 Mero Lagani

भरतपुरको चितवनमा केन्द्रीय कार्यालय रहेको शुभेच्छा विकास बैंक (SUBBL) र पोखरामा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक (GBBL) एकआपसमा गाभिएर बनेको नयाँ बैंकले आगामी असोज ४ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ । मर्जर पछि बन्ने बैंकले गरिमा विकास बैंकको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएको हो ।

गत असार ३ गते दुबैं बैंकको साधारण सभाले मर्जरको प्रस्ताव पारित गरी राष्ट्र बैंकमा अमर्जरको अन्तिम स्वीकृति माग गरेका थिए । दुवै संस्थालाई नेपाल राष्ट्र बैंकले भदौ २४ मा मर्जरको अन्तिम स्वीकृति दिएको थियो । कम्पनी रजिष्ट्रार कार्यालयले पनि भदौ २७ गते दुवै संस्थालाई गाभ्ने र गाभिने सम्बन्धमा अन्तिम स्वीकृति दिएको थियो । दुवै बैंकको तथ्याङ्कलाई समायोजन गर्नका लागि आगामी असोज २ गते दुवै बैंकको सम्पूर्ण बैकिङ्ग कारोबार बन्द हुने गरिमा विकास बैंकले जनाएको छ ।

मर्जर पछि बन्ने नयाँ बैंकको कर्पोरेट कार्यालय पोखरामा नै रहने बताइएको छ । केही समय पछि काठमाण्डौंको लाजिम्पाटमा उक्त कार्यालय स्थानान्तरण गर्ने तयारी बैंकले गरिरहेको छ ।
यी दुई बैंक गाभिाएपछि नयाँ बन्ने बैंकको पुँजी एक अर्ब ८ करोड रुपैयाँ पुग्ने गरिमा विकास बैंकका कम्पनी सचिव माधव आर्चायले जानकारी दिए । राष्ट्रियस्तरको विकास बैंक बन्न २०७४ असार मसान्तसम्म बैंकले चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने छ ।

...............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।