यसपालिको दशैंमा कुन् कुन् सवारी खरिदमा कति छुट ? यस्ता छन् उपहार योजना

Sep 17, 2016 Mero Lagani

प्रत्येक वर्ष चाडपर्व सुरु भएसँगै सवारी साधनका बिक्रिेताहरुले छुटका साथै विभिन्न किसिमका उपहार दिएर ग्राहकलाई आफुतिर तान्ने गरेका छन् । यस पटक पनि धेरै सवारी साधान बिक्रेताहरुले दशैंलाई लक्षित गरी छुट तथा उपहारका योजनाहरु ल्याएका छन् । २ पाङ्ग्रे तथा ४ पाङ्ग्रे सवारी खरिद गर्नेलाई दशैंमा के के छन् त योजना ?

जो कोहीको मष्तिस्कमा चाडपर्वको समयमा केही नयाँ किनौं, केहि नयाँ गरौं भन्ने सोच हुने भएकाले पनि त्यसलाई ‘क्यास’ गराउनका लागि पनि सवारी बिक्रेताहरुले यस्ता अफरहरु ल्याएका हुन् । पछिल्लो समय विलासिताबाट जीवनशैलीका रुपमा अत्यावश्यक वस्तु बन्दै गएको सवारी साधनहरुको ४ पाङ्ग्रे सवारीका बिक्रेताहरुको अफर यस्ता छन् ।

सुजुकी :

नेपालमा सुजुकी ब्राण्डका ४ पाङ्ग्रे सवारीको बिक्रि वितरणको लागि आधिकारिक विक्रेता रहेको सिजी मोटो कर्पले “सुजुकी पर्वोत्सव” नामक स्किम ल्याएको छ । जसमा सुजुकी ब्राण्डका यात्रु गाडि खरिद गर्दा २ लाख रुपैंया सम्मको छुटको व्यवस्था गरिएको छ । साथै कम्पनीले एक वर्षसम्म गाडीको बीमा गरिदिनुका साथै एक वर्षसम्म हुने सर्भिसिंग निशुल्क गराएको छ । सडक कर पनि कम्पनीले नै तिर्ने अफर सहित यात्रु गाडि खरिद गर्न चाहनेको ध्यान तान्ने कोशिस गरेको छ । त्यसै गरी सवारी खरिद गर्दा उपलब्ध हुने स्क्र्याच कार्डको लक्की ड्रबाट एक जनाले १ लाख रुपैंया नगद उपहार जित्न सक्ने छन् ।

 

 

फोर्ड :

नेपालका लागि फोर्ड अटोको आधिकारिक विक्रेता रहेको गो फोर्ड गो अटोमोवाइल्सले सुनौलो स्किम बजारमा ल्याएको छ । जसमा फोर्ड अटोको खरिदमा ४ लाखसम्मको नगद छुट र अनिवार्य रुपमामोटरसाइकल, स्कटर, टेलिभिजन वा मोबाइल उपहार पाउने व्यवस्था गरेको छ । साथै गाडीका कलपुर्जाहरु पनि निशुल्क उपलब्ध गराउने योजना ल्याएको छ । 

 

 

 

टाटा :

नेपालका लागि टाटा मोटर्सका सवारिहरुको आधिकारिक विक्रेता रहेको सिप्रदी ट्रेडिङ्गले “यसपालिको चाड टाटाको कार” नामक स्किम ल्याएको छ । जसमा टाटाको कार खरिद गर्दा यामाहाको मोटरसाइकल वा स्कुटर अनिवार्य रुपमा पाउने छन् भने ५० हजारसम्मको नगद छुट पनि पाउने छन् । त्यसै गरी २५ हजारसम्मको उपकरण खरिदमा पनि छुट पाउने व्यबस्था गरिएको छ । यसका अलावा लक्की ड्र मार्फत एक जोडिलाइ युरोप भ्रमणको मौका पनि टाटाले दिनेछ । 

 

 

हुन्डाई :
नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरप्राइजेजले यसपालिको दशैंतिहारलाई लक्षित गरेर “हुन्डाई फेस्टिभ डिलाइट” नामक योजना ल्याएको छ । जसमा हुन्डाई अटोको खरिदमा लाखौंको नगद छुटका साथै गाडीको बीमा कम्पनीले नै गरिदिने अफर गरिएको हो । साथै लक्की ड्र मार्फत हुण्डाईका गाडी गरिद गर्नेले ७ सय तोला सुन तथा २ वटा कार जित्ने अवसर पाउने छन् ।  

 

 

 टोयोटा :

नेपालको लागि आधिकारिक विक्रेता रहेको युनाइटेड टे्रडर्स सिन्डीकेटले ‘टोयोटाको गाडिमा गर्दै सवार, उमङ्गले मनाउ यो दशैं तिहार’ अफर ल्याएको छ । जसमा विशेष नगद छुट, निशुल्क पाटपूर्जा तथा एक वर्षसम्म सडक कर तिरिदिनुका साथै गाडी विमाको योजना सेवाग्राहीले पाउने छन् । 

 

 

 

स्कोडा :

स्कोडा अटोले पनि दशैंलाई लक्षित गरी ४ दशमलव ५ प्रतिशत व्याजदरमा मासिक २९ हजार ९ सय ९९ रुपैंयाको किस्ताबन्दीमा कार उपलब्ध गराउनेछ ।यसका साथै कम्पनीले एक वर्षसम्म सडक कर तिर्नेछ भने पाटपूर्जाहरु निशुल्क उपलब्ध गराउनुका साथै मर्मत तथा सट्टापट्टाको सहज व्यवस्था मिलाएको छ । सवारी साधनको परिक्षण पनि निशुल्क गराउने व्यवस्था स्कोडाले मिलाएको छ । 

 

 

 

भल्क स्वागन :

भल्क स्वागनको नेपालका लागि आधिकारिक विक्रेता पूजा इन्टरनेशनल नेपाल प्रा.लि.ले “दशैं तिहार भोल्कफेस्ट” नामक स्किम ल्याएको छ । जसमा भल्क स्वागन गाडीको खरिदमा ६ लाखसम्मको छुट दिनुका साथै पानासोनिक ब्राण्डको ३२ देखि ६२ इन्चको एउटा टेलिभिजन उपहारस्वरुप पक्का उपलब्ध गराउनेछ । साथै बम्परमा एक जनाले २४ क्यारेडको गोल्ड बिट्ली कार पाउने योजनाबाट सवारी साधानका पारखीलाई आफुतिर तान्ने कोशिस गरेको छ ।

 

 

 

होण्डा :

नेपालका लागि होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिंगले आफ्नो ब्राण्डका कारको खरिदमा २ लाख ५० हजार रुपैंया छुट दिने भएको छ । ‘होण्डा माया’ अफर अन्तरगत कार खरिद गर्नेलाई १ वर्षको बीमा कम्पनीले गरिदिने छ भने सडक कर पनि तिरिदिने छ । गाडीका पाटपुर्जा पनि कम्पनीले निशुल्क उपलब्ध गराउनेछ ।

 

 

 

 

 

महिन्द्रा :

नेपालका लागि महिन्द्राको आधिकारिक विक्रेता दुगड ब्रदर्शले यसपालिको दशैं तिहारमा आफ्ना कमर्शियर भेहिकलहरुको खरिदमा १ लाख रुपैंया छुट दिने अफर ल्याएको छ । त्यसै गरी अग्नि इन्कर्पोरेटले महिन्द्रा ब्राण्डका कारको खरिदमा ४ पटक निशुल्क सर्भिस, निशुल्क पाटपुर्जा उपलब्ध गराउनुका साथै सडक कर तिरिदिने जनाएको छ । 

 

अन्य मुलुकको तुलनामा नेपालमा २ पाङ्ग्रे सवारीको प्रयोग अधिक मात्रामा हुने गरेको छ । यहि अवसरलाई सदुपयोग गर्नका लागि अहिले भारतीय ब्राण्डका अलावा अन्य मुलुकका मोटरसाइकल उत्पादक कम्पनीको उचित बजारका रुपमा नेपाल पर्दै आएको छ । के के छन यस पटकको दशैंमा २ पाङ्ग्रे सवारीमा छुट तथा उपहार ?

 

 

 

बजाज :
नेपालका लागि बजाजको आधिकारिक बिक्रिेता एच एच बजाजले “बजाज क्यास विस्” योजना ल्याएको छ । जसमा बजाजका मोटरसाइकलको खरिदमा खरिदकर्ताले स्क्र्याच कार्ड मार्फत प्राप्त म्याजिक कोड लाई ३४००१ मा एसएमएस गरी लक्की ड्र मार्फत १ लाखसम्मको नगद जित्न सक्नेछन् ।

 

 

 

 

 

यामाहा :

यामाहाले पनि बजारमा “टेक्नो ट्रिप टु टोक्यो” योजना ल्याएको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता मोरङ अटो वक्र्सले यामाहाको हरेक मोटरसाइकल तथा स्कुटरको खरिदमा ८ हजारसम्मको पक्का नगद छुटको ब्यवस्था गरेको छ । साथै हरेक साता लक्की ड्र मार्फत एक जनालाई यामाहाको उत्कृष्ट प्रविधि हेर्न जापान भ्रमणमा लैजाने व्यबस्था गरेको छ ।

 

 

 

 

टिभिएस :

टिभिएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटरले “टिभिएस तात्यो बजार इन्स्ट्यान्ट १०हजार” अफर सञ्चालन गरेको छ । जसमा अपाची आरटिआर १६० तथा १८० सिसिको मोटरसाइकलको खरिदमा ७ हजार रुपैंया पक्का छुटको व्यबस्था गरेको छ । यी दुई सिरिजका मोटरसाइकल बाहेकका स्कुटर तथा मोटरसाइकलको खरिदमा १० हजार रुपैंया छुट दिने कम्पनीले जनाएको छ ।

 

 

 

सुजुकी :

नेपालका लागि आधिकारिक विक्रेता भिजी अटोमोबाइल्सले यसपालिको दशैं तिहारमा ‘भिजी सुजुकी धन धनाधन’ अफर ल्याएको छ । जसमा सुजुकी मोटरसाइकलको को खरिदमा स्क्र्याच कार्ड स्क्र्याच गरी ७ हजार देखि १ लाखसम्मको छुट पाइनेछ भने बम्परमा एक जनालाइ सुजुकी जिक्जर जिएफ मोटरसाइकल उपहार स्वरुप दिइने व्यवस्था छ ।

 

 

 

हिरो मोटोकर्प :

नेपालको लागि आधिकारिक विक्रेता रहेको नेपाल जनरल मार्केटिङ कम्पनीले ‘दशैंतिहारमा क्यासब्याक कति ? एक लाख जति’ नामक अफर ल्याएको छ । जसमा हिरो कम्पनीको मोटरसाइकलको खरिदमा पाएको स्क्र्याच कार्ड स्क्र्याच गरी ५ हजार देखि १ लाखसममको पक्का नगद छुट पाउन सकिने जनाएको छ । साथै लक्की ड्र मार्फत प्रत्येक साता एक जनालाई १ लाख रुपैंया नगद उपहारको व्यवस्था गरेको छ ।

 

 

 

होण्डा :

नेपालका लागि होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिगंले ‘होण्डा माया’ अफरबाट सवारीका पारखीहरुको ध्यान तान्ने जमर्को गरेको छ । उसले होण्डाका कुनै पनि मोटरसाइकलको खरिदमा स्क्याच कार्ड मार्फत कम्तीमा ४ देखि १० हजारसम्मको छुट दिने जनाएको छ । त्यसै गरी ५ हजार रुपैंया बराबरको सभिर्सिगं शुल्कको कुपन, ५ वर्षसम्म मोटरसाइकलका पार्टपूर्जाको खरिदमा १० प्रतिशत छुट दिने उद्घोष गरेको छ ।

 

 

 

 

महिन्द्रा :

महिन्द्राले आफ्ना ब्राण्डका मोटरसाइकल तथा स्कुटरको खरिदमा अनिवार्य रुपमा ८ हजारदेखि १ लाखसम्मको हात खाली नजाने उपहार योजना ल्याएको छ । ‘महिन्द्रा यसपाली, लखपती बने २ ताली’ योजना अन्तरगत यो योजना ल्याएको हो । उसले नाडा अटो शोमा नेपालमा बिक्रि बितरण सुरु भएको महिन्द्रा मोजो मोटरसाइकलको खरिदमा भने छुटको व्यवस्था गरेको छैन ।

 

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।