आकर्षक बोनस घोषणा गरे पनि किन बढ्न सकेन सनराईजको सेयर मूल्य ?

Sep 18, 2016 merolagani

कम्पनीहरुले आकर्षक बोनस सेयर घोषणा गर्ने र हकप्रद जारी गर्ने क्रम बढिरहे पनि आइतबारको सेयर बजारमा त्यस्ता कम्पनीको सेयर मूल्यमा खासै प्रभाव पर्न सकेन । सनराईज बैंकले गत शुक्रबार ३३.३३ बोनस प्रस्ताव गरे पनि आइतबार त्यस बैंकको सेयरमूल्य किन उल्टै  घटेर कारोबार बन्द भयो ?

 

 

सनराईजले दिने बोनससम्बन्धी सूचना बजारमा पहिल्यै चुहिईसकेर मूल्य धेरै बढिसकेकाले आईतबारको बजारमा त्यस बैकले लाभांश घोषणा गरेको मौका छोपेर धेरै लगानीकर्ता सेयरबेच्न आउँदा मूल्य घटेको हो । कारोबार रकममा सनराईजले अग्रता हासिल गर्नुले पनि त्यसलाई पुष्टि गर्दछ । सनराईजको शेयरमूल्य २ प्रतिशतभन्दा धेरैले घटेर प्रतिकित्ता ९६३ रुपैयाँमा झरेको छ ।

 ५० प्रतिशत हकप्रदको लागि गत भाद्र ३० गते सेयरधनी किताब बन्द गरेको मुक्तिनाथ बिकास बैंकको भने समायोजित मूल्यमा ९ प्रतिशत भन्दा बढीले सेयरमूल्य बढेको छ । 

आइतबार शेयरबजारमा २ अर्ब ४६ करोड बराबरको शेयर किनबेच भएको छ । नागरिक लगानीकोषको मात्रै एक अर्ब २० करोड बराबरको शेयर किनबेच भएपछि कारोबार रकम एक्कासी बढेको हो । शेयर कारोबार उच्च भएपनि साताको पहिलो दिन नेप्से भने दोहोरो अंकले झरेको छ । वाणिज्य बैंक र बीमा समूहमा उच्च गिरावट आएपछि आइतबार बजार ओरालो लागेको हो ।

कारोबारमा आएका वाणिज्य बैंक,वित्त र बीमा र बाहेक सबै समूहमा सुधार आएपनि बजारमा ठुलो हिंसा रहेको वािणज्य बैंक समूहमा उच्च गिरावट आएपछि दोहोरो अंकले झरेको हो । यसदिन नेप्से १०.६९ अंकले ओरालो लागेर १८०४.४८ विन्दुमा आईपुगेको छ ।

१४२ कम्पनीको शेयर कारोबार भएको बजारमा २ अर्ब ४६ करोड बराबरको शेयर किनबेच भएको छ । जसमा नागरिक लगानीकोषको मात्रै एक अर्ब २० करोड बराबरको कारोबार भयो । नेपाल बैंकले आफ्नो स्वामित्वमा रहेको कोषको शेयर बेचेपछि यो कम्पनीको एकैदिन उच्च कारोबार भएको हो । बैंकले तीन लाख ९९ हजार ९४० कित्ता संस्थापक सेयर बिक्री गरेको हो । यसमध्ये तीन लाख ४१ हजार ११३ कित्ता शेयर आज कारोबार भएको हो ।
यसपछि उच्च कारोबार भएको सनराइन बैंकको १५ करोड बढीको शेयर किनबेच भएको छ ।  


मुक्तिनाथ विकास बैंकको ६ करोड ४५ लाख बराबरको कारोबार हुदा नबिल बैंकको पनि ६ करोडको हाराहारीमा शेयर किनबेच भएको छ । आजैबाट कारोबार खुलेको श्रीराम सुगर मिलको पनि ४ करोड ५५ लाख बराबरको शेयर किनबेच भएको छ । एनआइसी एशिया एनबी बैंकको पनि चार करोड बढीको कारोबार भएको छ ।

पछिल्लो चरणमा लाभांश घोषणा गरेका केही कम्पनीको शेयरभाउ बढेपनि केही पनिको भने ओरालो लागेको छ । आइतबार तीन कम्पनीका लगानीकर्ताले दश प्रतिशतका दरले कमाएका छन् ।

किसान माइक्रो फाइनान्स, सिन्धु विकास बैंक र मुक्तिनाथ विकास बैंकको दशप्रतिशतका दरले शेयरमूल्य बढेको हो । सिन्धु विकास बैंकले १६ प्रतिशत बोनसपछि ८० प्रतिशत हकप्रदको प्रस्ताव अगाडि सारेको छ । यसले बजार बढाउन सघाउ पुगेको देखिन्छ । मुक्तिनाथको आजै हकप्रदपछिको मूल्य समायोजन भएपछि शेयरभाउ उकालो लागेको हो । पूर्णिमा विकास बैंकको २६ प्रतिशत बोनसले पनि लगानीकर्तालाई केही आर्कषण गरेको देखिएको छ ।

यसदिन पूर्णिमा विकास बैंक, रिलायबल माइक्रोफाइनान्स, गुडविल फाइनान्स, निर्धन उत्थान बैंक लगायतका कम्पनी धेरै कमाउनेको अग्रपक्तिमा परेका छन् ।

नेरुध लद्युवित्त, लक्ष्मी लद्युवित्त, सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम, राष्ट्यि विमा कम्पनी संस्थापक, सप्तकोषी डेभलपमेन्छ तथा साना किसान विकास बैंक लगायतका कम्पनीका शेयरधनी धेरै गुमाउनेमा परेका छन् ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।