नबिल र एनआईसी एशिया बैंकको बोनस सुरक्षित गर्न शेयर किन्ने अन्तिम दिन असोज ४ गते

Sep 19, 2016 Mero Lagani

गत आर्थिक वर्षको कमाईबाट नबिल (NABIL) र एनआईसी एशिया बैंक (NICA) ले लगानीकर्तालाई प्रस्ताव गरेको बोनस तथा नगद लाभांस सुरक्षित गर्नका लागि शेयर किन्ने अन्तिम दिन असोज ४ गते मंगलबार हो । दुवै बैंकले १८ गते साधारण सभा आह्वान गरी ५ गते बुधबारदेखि शेयरधनी पुस्तिका बन्द गर्दैछन् ।

बजारमा छोटो समयमा प्रतिफल लिने होडबाजी चल्दै गर्दा सुरक्षित किसिमले लगानी गरी त्यसबाट फाइदा लिन चाहनेहरुका लागि मंगलबार एनआईसी एशिया र नबिल बैंकको शेयर किन्ने अन्तिम दिन हो ।

[नबिलको साधारणसभा असोज १८ मा,कहिलेसम्म शेयर किन्दा बोनस पाईन्छ ?]

नबिल बैंकले पूँजी वृद्धि योजनामा उल्लेख भए बमोजिम लगानीकर्तालाई ३० प्रतिशत बोनस तथा १५ प्रतिशत नगद लाभांस बितरण गर्दैछ भने एनआईसी एशियाले २६ प्रतिशत बोनस तथा १ दशमलव ३७ प्रतिशत नगद लाभांस बितरण गर्दैछ ।

[बोनश र हकप्रद पारित गर्न एनआईसी एशियाको असोज १८ गते साधारणसभा,कहिले हुँदैछ बुक क्लोज ?]

 

दुवै बैंकले प्रस्ताव गरेको बोनस सुरक्षित गर्नका लागि लगानीकर्ताले मंगलबार शेयर खरिद गरी निर्धारित समयमा राफसाफ गराएर आफ्नो डिम्याट खातामा शेयर जम्मा गराई सक्नु पर्नेछ । नबिल बैंकले पूँजी वृद्धि योजनामा अर्को वर्ष पनि ३० प्रतिशत बोनस दिने प्रस्ताव गरिसकेको छ भने एनआईसी एशिया बैंकले बोनस बितरण पश्चात फेरी १५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरिसकेको छ ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।