एनएमबीले पाथिभरा, भृकुटी, क्लिन ईनर्जी र प्रुडेन्सियल फाइृनान्सलाई आफुमा गाभ्ने क्रममा राष्ट्र बैंकबाट अन्तिम स्वीकृति लिंदा एफएमओले २० प्रतिशत हिस्सेदारी कायम गर्ने शर्त तोकिएको थियो । बैंकको २० औ साधारणसभाले सो प्रस्ताव पारित गरी संचालक समितिलाई अख्तियारी दिएकोमा बैंक संचालक समितिको बैठकले सम्झौता अनुमोदन गरेको जनाईएको छ ।
हाल एनएमबी बैंकको चुक्ता पूँजी ४ अर्ब ४८ करोड रहेकोमा अब साढे पाँच अर्ब पुग्ने भएको छ भने प्रिमियम वापतको रकम जगेडा कोषमा जानेछ ।