एक हजार रुपैयाँ लगानीमा ७० वटा कम्पनीको सेयरमा तपाइँको सहभागिता हुन्छ - प्रबिणरमण पराजुली, प्रमुख कार्यकारी, नबिल ईन्भेष्टमेन्ट

Sep 20, 2016 Merolagani

नबिल बैंकको सहायक कम्पनी नबिल ईन्भेष्टमेन्ट बैंकिड लिमिटेडले एक अर्बको अर्को सामुहिक लगानी कोषको ईकाई सर्बसाधारणमा बिक्री थालेको छ । नबिल म्युचुअल फण्ड अन्तर्गत नबिल ईक्विटी फण्डको १० करोड ईकाईमा आईतबारदेखि आबेदन खुलेको हो । यसै सन्दर्भमा नबिल ईक्विटी फण्ड र समग्र शेयरबजारको बिषयमा नबिल ईन्भेष्टमेन्ट बैंकिड. लिमिटेडका प्रमुख कार्यकारी प्रविणरमण पराजुलीसँग मेरोलगानी डटकमका सुरेन्द्र थापा र परमेश्वर अधिकारीले गरेको कुराकानी ।

नबिल ईन्भेष्टमेन्ट बैंकिड. लिमिटेडले पहिलो सामुहिक लगानी कोष योजना सार्वजनिक गरेको साढे तीन बर्षपछि दोस्रो योजना नबिल ईक्विटी फण्ड ल्याएको छ । नयाँ योजनाका नयाँ विशेषताहरु के छन् ?

हाम्रो पहिलो योजना नबिल ब्यालेन्स फण्ड वान भनेर थिय,ो अहिले हामीले नबिल ईक्विटी फण्ड भनेर दोस्रो योजना ल्याएका हौ । पहिलो योजना म्याचुरिटी हुन अझै डेढ बर्ष जति बाँकी छ,पहिलो योजना पाच बर्षे ब्यालेन्स स्किम थियो । यो दोस्रो स्किम चाँही ईक्विटी ओरियन्टेड बनाएका छौ । यसमा ८६ प्रतिशत भन्दा बढी ईक्विटीमा लगानी गर्ने, दश प्रतिशत फिक्स सेक्युरिटी र बाँकी लिक्विडिटी म्यानेजमेन्टमा लगानी गर्ने योजना छ ।

उसोभए नबिल ईक्विटी फण्डको मुख्य लगानी शेयरबजार नै हो ?

यसको मुख्य लगानी ईक्विटी नै हो । हामीले जुन बेलामा पहिलो योजना नबिल ब्यालेन्स फण्ड ल्याएका थिया,ै त्यत्तिबेला अन्यक्षेत्रमा लगानीका केही अवसरहरु थिए । त्यसबेला सरकारी ऋणपत्र, फिक्स डिपोजिट, डिबेन्चरहरु थिए तर अहिले सरकारी ऋणपत्र पाइदै पाइदैन्, बोलकबोलमा गएर एक दुई प्रतिशतमा लिएर हामीले लगानीलाई जस्टिफाई नै गर्न सक्दैनौ । अर्को भनेको कर्पोरेट बोण्ड डिबेन्चर भयो । हिजोको दिनमा हेर्ने हो भने कर्पोरेट बोण्ड डिभेन्चर ९५ प्रतिशत बैंक तथा वित्तीय संस्थाले ल्याउथे , किनभने सप्लिमेन्ट्री क्यापिटल रिक्वायरमेन्ट मिट गर्र्नुपर्दथ्यो तर आजको दिनमा राष्ट् बैंकले नै पूँजी बढाइदिईसक्यो कि सबैजना सरप्लसमै छन । विजनेश भोलुममा एक दुई बर्षलाई पुग्ने अवस्थामा नै छ । आजको दिनमा त्यो अवसर पनि छैन भनेपछि हामीले ईन्भेष्ट गर्ने अवसर ईक्विटी बाहेक अर्को देखिदैन । तर यसमा जोखिम पनि छ र अवसर पनि छ । १८ सय अंक माथि नेप्से पुगिसकेको छ । क्याल्कुलेटिभ रिक्स लिनसक्ने ठाउमा चाँही एउटा ब्यालेन्स रिटर्न चाही दिन सकिन्छ । यो समयमा ईक्विटी फण्ड ल्याउनु एउटा च्यालेन्ज पनि छ । मार्केटमा बसेपछि जहिले पनि त्यो च्यालेन्ज लिनुपर्छ । र ईन्भेष्टरलाइ एक प्रकारको स्थिर रिटर्न दिनैपर्छ । कसरी ईन्भेष्ट गर्ने भन्ने योजना बनाउदैछौ । पहिलो फण्डबाट जुन तीन, चार बर्षको अनुभव लिएका छौ, त्यसले पक्कै सहयोग पुर्याउँछ ।

हुन त पछिल्लो समयमा म्युचुअल फण्डप्रति सर्वसाधारण लगनाीकर्ताको आर्कषण बढ्दै गएको देखिन्छ तर अन्य कम्पनीको आईपीओ र दोस्रो बजारमा अहिले जुन प्रकारको आर्कषण देखिन्छ, त्यो म्युचुअल फण्डहरुमा देखिन्न नि ?

त्यो हो । सबैलाई म ब्यक्तिगत रुपमा त भन्दिन, तर नबिल म्युचुअल फण्ड वानमा पनि हामीले एडुकेशन क्याम्पेन चलाएका थियौ, अहिले पनि हामीले छुट्टै भएपनि के हो म्युचुअल फण्ड ? के फाइदा हुन्छ ? कसरी जाने भनेर प्रेसमा ती कुराहरु राखेका छौ । तीन महिनाजति यस बिषयमा एफएम रेडियोबाट पनि म्युचुअल फण्ड के हो भनेर जानकारी गराउने प्रयास गरेका छौ । तर हामीले कँही पनि हामीले हाम्रो प्रोडक्टको बारेमा बोलेका छैनौ । खाली हामीले नबिल म्युचुअल फण्डको जनहितमा प्रसारित भनेर म्युचुअल फण्ड साक्षरता सम्बन्धी सामाग्रीहरु प्रकाशन तथा प्रसारण गरेका छौ । हरेक समयमा गर्नलाई हामीसँग बजेट पनि हुदैन तर प्रोडक्ट आउने समयताका भने यस प्रकारका काम गरेका छौ । 

तपाईहरुको यो पछिल्लो योजनाका लक्षित लगानीकर्ता को हुन ? आइपिओ भर्ने वा दोस्रो बजारमा लगानी गर्नु भन्दा म्युचुअल फण्डमा लगानी गर्नु किन सुरक्षित र फाईदाजनक छ ?

म्युचुअल फण्ड भनेको रिटेल प्रोक्डक्ट हो । तत्लो तहसम्म जति पुगियो भोलि त्यसको लिक्विडिटी त्यत्ति नै बढ्ने हो । जतिसक्दो धेरै व्यक्तिहरुको सहभागिता भयो त्यक्ति नै धेरै व्यक्तिहरुको स्वामित्व रहने हो । अझ भन्ने हो भने म्युचुअल फण्ड भनेको साना लगानीकर्ताको लागि हो । हामीले उनीहरुको बढी भन्दा बढी सहभागिता होस् भनेर एडुकेशन तथा मिडिया क्याम्पेनिङहरु चलायौ । हामीले पहिलो योजना ल्याउदाखेरीको सहभागिता र अहिलेको सहभागिता हेर्ने हो भने म्युचुअल फण्ड साक्षरताका बिषयमा थुप्रै कामहरु भएका छन् । सुरुका अवस्थामा म्युचुअल फण्डहरु बिक्री हुनै मुस्किल पर्ने अवस्था पनि थियो तर अहिले त्यस्तो छैन । हाम्रो एउटा उत्तरदायित्व आफ्नो योजनामा धेरै भन्दा धेरै व्यक्तिहरुको सहभागिता गराउने हो भने अर्को उनीहरुको यो क्षेत्रको बारेमा जानकारी गराउने पनि हो ।

अर्को कुरा म्युचुअल फण्ड भनेको जोखिम वर्गिकरणको प्लेटफम हो । त्यसको आम्दानीको एउटा कस्ट त हामीले तिर्छौ तर अरु भन्दा धेरै फाइदा पनि छ । म्युचुअल फण्डलाई कुनै कर्पोरेट जस्तो ट्याक्स लाग्दैन । एउटा डिभिडेन्टको ट्याक्स लाग्छ, त्यो नै फाईनल हो । त्यो हिसाबले लगानीकर्ताहरुले यो बाटो अपनाए भने त्यो फाइदा लिन पाए नि त ।

आजको दिनमा म्युचुअल फण्डमा एक हजार रुपैयाँ लिएर पनि सहभागी बन्न सकिन्छ । एक हजार रुपैयाँँ बोक्नेको पनि म्युचुअल फण्डको पोर्टफोलियोमा योगदान देखिन्छ । आजको दिनमा हामी व्यक्तिगत रुपमा एक हजार रुपैयाँ बोकेर दोस्रो बजारमै गयौ भने कुनै कम्पनीको शेयर खरिद गर्न सक्छौ ? सक्दैनौ नि । तर यहाँ उसले एक हजार रुपैयाँले साठीदेखि ७० कम्पनीको पोर्टफोलियो पाईरहेको हुन्छ । ७० वटासम्म कम्पनीको सेयरमा तपाइँको लगानी सहभागिता हुन्छ अर्थात त्यो लगानीले ७० वटासम्म कम्पनीको सेयर किनिएको हुन्छ । यसको मुख्य फाइदा भनेकै यही हो । हामीले लगानीकर्तालाई रिटेल, रिटेल, रिटेल भनिरहेको कारण पनि त्यही हो ।

शेयरबजारमा सोझै लगानी गर्दा जोखिम बढी हुन्थ्यो भने संस्थागत रुपमा लगानी गर्दा जोखिम पनि कम हुनजान्छ । यसकारण पनि अहिले म्युचुअल फण्डप्रति सर्वसाधारणको आर्कषण बढ्दै गएको हो । अर्को, यसमा स्थिर प्रकारको प्रतिफल पनि पाइन्छ । म्युचुअल फण्डहरुको ट्याक रेकर्ड पनि राम्रो देखिएको छ । मान्छेहरुले यसमा जोखिम कम रहेछ भन्ने कुरा पनि बुझ्दै जान थालेका छन् । आफुले प्रत्यक्ष दुई चार कम्पनीमा लगानी गर्नुभन्दा यो प्लेटफर्म मार्फत जादा बढी सुरक्षित हुने भएर पनि आर्कषण बढ्दै गएको छ ।


अहिले बजार १८ सय अंक भन्दा माथि छ । यस्तो अवस्थामा नबिल ईक्विटी फण्डलाई बजारमा कसरी व्यवस्थापन गर्नुहुन्छ ?

हामीले ठ्याक्कै स्टकको छनौट त अहिले गरिसकेका छैनौ, त्यसका लागि हतार होला किनकि मार्केट डायनामिक हुन्छ । हामीले हेर्ने भनेको आधारभुत र प्राविधिक विश्लेषण नै हो । अर्को मार्केट इन्फरमेशन पनि हो । त्यो भन्नाले म्याक्रो इकोनोमिक पोलिसी, आजको दिनमा ओभर क्यापिटलाइजेशनको ईस्युहरु छन्, हामीले सेक्टरवाईज मात्र नभएर सेक्टर वाईजमा पनि सेलेक्टेड कम्पनीहरु हेर्नुुपर्छ । हिजोको दिनमा यो बोर्डर लेभलमा गर्न सकिन्थ्थो भने आजको दिनमा माईक्रो लेभलमा जानुपर्छ । अर्को एउटा हामीले हेर्नुपर्ने भनेको ईन्भेष्टमेन्ट कुन होराईजनमा गर्ने हो ? मार्केटमा रिड गर्नुपर्यो, रिक्स र रिटर्न क्यालकुलेट गर्नुपर्यो ।

समग्र रुपमा भन्नुपर्दा सेयर बजारका आगामी दिनहरु कस्ता रहलान् ? हजारौ लगानीकर्ताको प्रतिनिधित्व गरेर उनीहरुले लगानी गरेको फण्ड चलाईरहेको मुख्य मान्छेको हैसियतले बिश्लेषण गर्दा के भन्नुहुन्छ ? हिजोका दिनहरुमा बजार केही माथि गएर डरलाग्दो किसिमले तल पनि गयो नि । 

यस्तो मार्केट करेक्शसन बजारको स्थायित्वको लागि पनि जरुरी छ । म एउटा संस्थागत लगानीकर्ताको हिसाबले भन्नु पर्दा के भन्छु भने यो १८ सय अंक माथि हुँदा यो नै सबैभन्दा उच्च विन्दु हो भन्ने हुँदैन, नेप्से ईन्डेक्सलाई त बजारको माग र आपूर्तिले बढाउने, घटाउने हो । तर हामीले पनि कुनै एउटा लेभलमा करेक्सन आउँछ भन्ने कुरामा चाँही ढुक्क थियौ । त्यो कहिले र कुन पोईन्टमा भन्ने मात्रै थियो । यसले चाँही बजारलाई थप परिपक्क बनायो भन्नुपर्छ । फ्रि फलले म्याचुअर्ड बनायो म भन्दिन । त्यतिबेला त्यो जरुरी पनि थिएन तर आजको दिनमा माइनर करेक्सन र ग्रोथ हेर्यो भने चाँहीे त्यसले बजारको स्थायित्व र मान्छेको मनोबललाइ चाही टेवा पुर्याएको देखिन्छ । आजको दिनको मार्केटलाई कसले माथि ठान्ला, कसैले ठिकै ठान्ला । सधैभरी मार्केट एकै विन्दुमा रहने भने कँहा जाने हामी ? तर देशको जीडिपीको साइज अनुसार क्यापिटल मार्केट कहाँसम्म जाने हो, स्ट्याण्डर्ड कति हो ? कम्पनीको परफमेन्स र त्यो अनुसारको रिटर्न छ कि छैन ? अबको दिनमा हेर्नु पर्ने कुरा चाँही कम्पनी छनौट गर्दा पनि उसको ग्रोथ रेट के छ ? अवसरहरु कसरी लिइरहेको छ । अलिकति डिटेलमा हेर्नुपर्छ । कम्पनीको छनौट राम्रो होस् । मार्केटमा केही करेक्शन आउँदाखेरी पनि उसले दिने रिटर्न राम्रो होस । ईन्भेष्टरको आशा अनुरुपको रिटर्न चाँही पाउनुपर्यो ।

विगतको बजार हेर्दा लाभांश धोषणा गर्ने समयमा बजार र सम्बन्धित कम्पनीको शेयर भाउ केही माथि गएको देखिन्थ्थो तर यसपालि सबै कम्पनीको हकमा त्यस्तो देखिएन ,ईन्भेष्टरको अपेक्षा अनुसारको रिटर्न नभएरै हो त ?

मलाई यो चाँही कस्तो लाग्छ भने मान्छेलाई यो इन्फरमेसन एकबर्ष अगाडिबाटै थियो । क्यापिटल प्लान त हामीले सार्वजनिक गरेका छौ । कुन संस्था कुन लेभलमा जान्छ भन्ने मात्र थियो । लाभांशमा सामान्य थपघट भयो होला, बजारमा सबै सूचनाहरु पहिलेनै आइसकेको भएर त्यसप्रकारको मुभमेन्ट नदेखिएको हुनसक्छ । क्यापिटल प्लानले के गरेको छ भने नबिल बैंकको केसमा हेरौ ३० प्रतिशत बोनस आउँछ भन्ने थियो, त्यही आयो । मान्छेहरुले यो सूचना एकबर्ष अगाडि नै पाइसकेका थिए । अर्को बर्ष कति आउछ भन्ने पनि थाहा पाइसकेका छन् । कम्पनीकै आवश्यकता अनुसार सामान्य थपघट भएपनि मान्छेको आशामा धेरै उतारचढाब ल्याएन । त्यसले गर्दा हिजो लगानीकर्ताले जे सोचेर लगानी गरेका थिए, त्यो मार्केटले अब्जर्भ गरिसकेको छ । त्यही सूचनाले नै बजार यहाँसम्म आइपुगेको हो । यसअघिका बर्षहरुमा कहिले र कति लाभांश आँउछ भन्ने अनिश्चित थियो । त्यसप्रकारका सूचनाहरु अकस्मात आउँथे, त्यसले बजारमा प्रभाव देखिन्थ्यो । त्यो चाँही ईन्फरमेशनको अनिश्चितताले हो । अहिले सबै इन्फम्र्ड छन् । त्यही भएर बजारमा उतारचढाब देखिएन् ।

 

[आयो नबिलको दोस्रो सामुहिक लगानी कोष योजना,एक अर्बको नबिल इक्विटी फण्डमा कति लगानी गर्ने ?]

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।