अरनिको र एस डेभलपमेण्ट बैंकको बोनस प्रस्ताव

Sep 20, 2016 Merolagani

एस डेभलपमेण्ट बैंक (ACEDBL)  र अरनिको डेभलपमेण्ट बैंक (ARDBL) ले लगानीकर्तालाई दिने बोनस प्रस्ताव गरेका छन् । एस डेभलपमेण्ट बैंकले आफ्ना लगानीकर्तालाई २० दशमलव २५ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको छ ।

एसले गत आर्थिक वर्षमा २५ करोड २६ लाख रुपैयाँ खुख नाफा कमाएको छ । बैंकले गत वर्षको सोहि अवधिमा १३ करोड ४९ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

७ अर्ब ५८ करोड ९० लाख रुपैयाँ संकलन गरेको बैंकले गत आर्थिक वर्षमा ६ अर्ब ७५ करोड ३१ लख रुपैंया कर्जा प्रवाह गरेको छ । निक्षेप संकलनमा बैंकले १२ दशमलव ६४ प्रतिशत तथा कर्जा प्रवाहमा १६ दशमलव ५१ प्रतिशतले वृद्धि गरेको हो ।

कम्पनीको प्रति शेयर आम्दानी २५ दशमलव २५ रुपैयाँ, मूल्य आम्दानीको अनुपात १६ दशमलव ३५ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ४१ दशमलव ५४ रुपैयाँ र तरलता अनुपात ३० दशमलव ६५ प्रतिशत रहेको छ ।

 

 

 

त्यसै गरी अरनिको डेभलपमेण्ट बैंकले १७ प्रतिशत बोनस र शुन्य दशमलव ८९ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ । अरनिको डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षमा ५ करोड ८४ लाख रुपैँया खुद नाफा कमाएको छ ।

२५ करोड ७८ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ८ करोड ७७ लाख रुपैयाँ राखेको छ । बैंकले यसअवधिमा २ अर्ब १ करोड छ भने कर्जा तथा लगानी १ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।

०.९८ प्रतिशत मात्रै खराब कर्जा रहेको बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ६८, कर्जा निक्षेप अनुपात ७५ प्रतिशत,मुल्य आम्दानी अनुपात १६.७६ प्रतिशत र प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ रहेको छ ।

दुवै बैंकले प्रस्ताव गरेको लाभांस बैंकहरुको आगामी साधारण सभाले पारित गरे पछि लगानीकर्ताले पाउने छन् । एस डेभलपमेण्ट बैंक नेपाल इन्भेष्टमेण्ट बैंकसँग एक्वायरमा गएका कारण शेयर कारोबार रोक्का छ भने अरनिको डेभलपमेण्ट बैंकको प्रतिकित्ता शेयर ४ सय ६० रुपैंयाको हाराहारीमा कारोबार भैरहेको छ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।