दशै अगाडि नै साधारणसभा गरेर बोनस बाड्ने कम्पनी चिन्नुहोस्

Sep 22, 2016 merolagani

यसपालिको दशै कतिपय सेयर लगानीकर्ताका लागि बम्पर हुने भएको छ । कम्पनीहरुको सेयर मूल्य बढ्दा उनीहरु नाफामै रहेको बेला केही कम्पनीले दशै अगाडि नै साधारणसभा गरेर आकर्षक बोनस सेयर बाड्दा बम्पर नै हुने भएको हो  । यस्ता कम्पनी १५ वटा छन् । 

यी कम्पनीले आकर्षक बोनस र हकप्रदको प्रस्ताव पारित गराउन दशै अगाडि नै साधारणसभा गर्दैछन् ।

कम्पनीहरुले बाड्ने बोनस सेयर नेप्सेमा सुचिकृत भएपछि मात्र लगानीकर्ताको डिम्याट खातामा आउने छ भने नगद लाभांश साधारणसभा लगत्तै बाड्ने नीति कम्पनीले बनाएमा लगानीकर्ताले पाउनसक्छन् । कतिपय कम्पनीहरुले बोनस सेयर वापतको रकम प्रयोजनका लागि रकम ब्यवस्था नगरेको अबस्था कर तिरेपछि मात्र लगानीकर्ताले बोनस सेयर खातामा पाउनसक्ने अबस्था हुन्छ । 

कम्पनीहरुले पारित गर्ने नगद लाभांश दशै अगाबै पाउने भएमा सम्बन्धित लगानीकर्ताको दशै थप उत्साहपूर्ण हुनसक्छ । ईन्भेष्टमेन्ट बैंक, नबिल बैंक, एनआईबीएल सम्बृद्धि फण्ड, ओरियन्टल होटल लगायतले लगानीकर्तालाई यसरी खुशी बाड्नसक्ने अबस्था छ । यसअघि नै साधारणसभा गरेर नगद लाभांश पारित गरेको कम्पनी युनिलिभरका लगानीकर्ताको त मुहारै हंसिलो भईसकेको हुनुपर्छ । 

नेपाल राष्ट्र बैंकले तोकेको पूँजीको सिमा पार गर्न कतिपय कम्पनीहरुले ठूलो संख्यामा हकप्रद सेयर समेत जारी गर्ने प्रस्ताव गरेका छन् । यसबाट समेत लगानीकर्तालाई फाईदा पुग्ने देखिएको छ । 

 इन्भेष्टेमन्ट, नबिल, एनआइसी एशिया लगायतका ठूला वाणिज्य बैंकहरूले समेत दसैंअघि एजीएम डाकिसकेका छन् । यसबाहेक विकास बैंक, लघुवित्त कम्पनी, फाइनान्स कम्पनी यो सूचीमा परेका छन् । यसपालि सबैभन्दा पहिले साधारणसभा राखेको युनिलिभरले भने असोज ४ गते साधारणसभा सम्पन्न गरिसकेको छ ।

यी कम्पनीहरुले बोनस सेयरका लागि सेयरधनी दर्ता किताब बन्द गरेको मिति भन्दा अगाडि नै सेयर किन्नेलाई मात्र बोनस र नगद लाभांश  प्राप्त हुने हुँदा त्यसपछि सेयर किन्न उचालिनु नहुनेमा जोड दिईन्छ । 

यो समाचार अन्य संचार माध्यमहरुले पुनः प्रकाशन, प्रसारण गर्न मेरोलगानी डटकमको अनुमति लिनुहोला । 

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।