भदौ ३१ गते बसेको सेन्ट्रल फाइनान्सको सञ्चालक समितिको बैठकले २२ दशमलव ५ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १ दशमलव १८ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको हो । भक्तपुर फाइनान्ससँग मर्जरको प्रकृयामा रहेको फाइनान्सको हाल चुक्ता पूँजी २४ करोड ६७ लाख ५७ हजार रुपैंया छ । बोनस बितरण पश्चात फाइनान्सको चुक्ता पूँजी ३० करोड २२ लाख रुपैंया पुग्ने छ ।
उता नेपाल राष्ट्र बैंकले आईसीएफसी फाइनान्सको प्रस्तावित लाभांसलाई स्वीकृति दिएको छ । फाइनान्सले लगानीकर्तालाई १७ प्रतिशत बोनस तथा शुन्य दशमलव ८९ प्रतिशत नगद लाभांस बितरणको प्रस्ताव गरेको थियो । आईसीएफसी फाइनान्सले दशैं पछि साधारण सभा आह्वान गरी लगानीकर्तालाई उक्त लाभांस बितरण गर्नेछ ।
गत आर्थिक वर्षमा १५ करोड ३७ लाख ४९ हजार रुपैंया खुद नाफा कमाएको फाइनान्सले ६८ करोड ५२ लाखको पूँजीलाई ८० करोड बनाउने गरी लाभांस प्रस्ताव गरेको हो । योसंगै आईसीएफसी फाइनान्स राष्ट्र बैंकले ताकेको पूँजी पुर्याउने पहिलो फाइनान्स कम्पनी बन्ने भएको छ । राष्ट्र बैंकले तोकेको समयभन्दा एक वर्ष पहिले नै फाइनान्सले चुक्ता पूँजी ८० करोड रुपैंया पुर्याउन लागेको हो ।
गत आर्थिक वर्षमा ५० प्रतिशत हकप्रद निष्काशन गरेर पूँजी बिस्तार गरेको फाइनान्सको चौथो त्रैमासिक वित्तीय विबरण अनुसार मूल्य आम्दानी अनुपात १६ दशमलव २७ गुणा, निस्क्रिय कर्जा अनुपात १ दशमलव ४८ प्रतिशत, प्रतिशेयर आम्दानी २२ रुपैंया ४४ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ४२ रुपैंया ३७ पैसा र तरलता अनुपात ३४ प्रतिशत रहेको छ ।
...................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।