अन्तर्राष्ट्रिय विशेषज्ञहरुको टोलीको सहभागिता रहेको उक्त संजालले नेपालका वेभ प्रकाशक र विज्ञापनदाताहरुलाई अनलाइन विज्ञापन गर्नको लागि स्थानीय मन्च प्रदान गर्ने बताईएको छ । डमरु एड नेटवर्कले नेपाली बिज्ञापन बजारलाई मध्यनजर गरी विशेषरुपमा तयार गरिएको सामाग्री उपलब्ध गराएर अनलाइन प्रकाशकहरुसँग काम गर्ने र उनीहरुले आफ्नो साईटमा बिज्ञापन राखेर आम्दानी गर्नसक्ने जनाईएको छ ।
विदेशी नेटवर्कहरुले यो काम धेरै समयदेखि गर्दै आएको भए पनि नेपालमा चाँही पहिलो सुरुवात हो । अब नेपाली वेबप्रकाशक र विज्ञापनदाताहरुले धेरै लगानी लाग्ने र लगानी पारदर्शित नभएको विदेशी नेटवर्कमा भर नपरी नेपाली मुद्रामा विज्ञापनको बिल तिर्नका साथै विशेष समूहलाई लक्षित गरी नेपाली भाषामा नै विज्ञापन प्रदान गर्न सक्ने भएका छन् ।