सिटिजन्स बैंकको लिलाममा राखिएको शेयर बाँडफाँड, कति मूल्यमा भयो बिक्री ?

Sep 20, 2016 Mero Lagani

सिटिजन्स बैंक (CZBIL) ले ५५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्दा बिक्री नभएको ७ लाख ५ हजार ६ सय ९७ कित्ता शेयर लिलाम भएको छ । भदौ २४ देखि ३१ गतेसम्म लिलाम गरिएको उक्त शेयरमध्ये संस्थाक शेयर न्युनतम ३ सय ६० तथा साधारण शेयर ६ सय ८१ रुपैंयामा बिक्री भएको हो ।

बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार लिलाममा राखिएको ७७ हजार ६ सय ५६ कित्ता संस्थापक शेयरका लागि ५२ वटा आवेदन परेको थियो । त्यसै गरी ६ लाख २८ हजार ४१ कित्ता साधारण शेयरका लागि १ हजार ५ सय ३४ वटा आवेदन परेका थिए । ककसले शेयर सकारे र अधिकतम कति रुपैंयाको शेयर आवेदन पर्यो भन्ने सम्बन्धमा क्यापिटलले जारी गरेको विज्ञप्तिमा खुलाइएको छैन ।

बैंकले प्रस्ताव गरेको बोनस तथा नगद लाभांस लिलाम मार्फत बिक्री भएको शेयर सकार्नेले समेत पाउने भएका छन् । सिटिजन्सले ७५ करोड ६ लाख ७५ हजार ७ सय ६२ रुपैंया बराबरको बोनस तथा कर प्रयोजनका लागि ३ करोड ९५ लाख ९ हजार २ सय ५१ रुपैंया नगद लाभांस बितरण गर्ने प्रस्ताव साधारण सभामा लैजाँदैछ । गत आर्थिक वर्षको चुक्ता पूँजीमा हकप्रदलाई जोडेर प्रस्तावित बोनस रकमको प्रतिशत हिसाव गर्दा १६ प्रतिशतको हाराहारीमा बोनस बितरण हुनेछ ।

 ..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।