एनआईसी एशिया, र फर्स्ट माइक्रोको शेयर मूल्य कतिमा भयो समायोजन ?

Sep 21, 2016 Mero Lagani

बोनस बितरणको प्रस्ताव गरेका एनआईसी एशिया बैंक (NICA) र फर्स्ट  माइक्रोफाइनान्स (FMDBL) को शेयर मूल्य समायोजन भएको छ । नबिल बैंकको भने समायोजित मूल्य अझै आएको छैन । 

एनआईसी एशिया बैंकको प्रतिकित्ता शेयर मूल्य छ सय ९८ रुपैंया कायम गरिएको छ । मंगलबार बजार बन्द हुँदा बैंकको प्रतिकित्ता शेयर मूल्य ८८० रुपैंया थियो । बैंकले लगानीकर्तालाई २६ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १ दशमलव ३७ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव असोज १८ गते हुने साधारण सभाबाट पारित गर्दैछ । 

त्यसै गरी फर्स्ट माइक्रोफाइनान्सको प्रतिकित्ता शेयर मूल्य १५७० रुपैंयामा समायोजन गरिएको छ । मंगलबार बजार बन्द हुँदा माइक्रोफाइनान्सको प्रतिकित्ता शेयर १८०५ रुपैंयामा अन्तिम कारोबार भएको थियो । माईक्रोफाइनान्सले असोज १९ गते हुने साधारण सभाबाट १५ प्रतिशत बोनस तथा शुन्य दशमलव ७९ प्रतिशत नगद लाभांस बितरणको प्रस्ताव पारित गर्दैछ । 

नबिल बैंकले भने समायोजित शेयर मूल्य नेपाल स्टक एक्स्चेञ्जलाई उपलब्ध नगराएका कारण शेयर कारोबार स्थगित भएको छ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।