कारोबार रकम र नेप्से दुबै घट्यो, किन पर्यो बिक्रीमा चाप ?

Sep 21, 2016 merolagani

नेपाल स्टक एक्सचेन्जमा बुधबार भएको सेयर कारोबारमा बिक्रीको चाप कायमै रहँदा अघिल्लो दिनको तुलनामा कारोबार रकम समेत घटेको छ । अघिल्लो दिन एक अर्ब ३४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बुधबार त्यसमा ४० करोडले कमी आयो भने नेप्से समेत झण्डै साढे सात अंकले तल आई १७७९ को बिन्दु झरेर अडियो ।

 

दशै खर्च, हकप्रद भर्ने रकम, असोज मसान्तमा कर्जाको ब्याज भुक्तान, नाफा सुरक्षित गर्ने प्रबृत्ति, बजारमा थपिदो सेयर संख्या लगायतका कारणहरुले बिक्रीमा चाप पर्दा नेप्से र कारोबार रकम केहीदिन यता लगातार घटिरहेको छ । बुधबार सेयर किनबेचमा लगानीकर्ताको खासै उत्साह नदेखिनुमा मनोबिज्ञानले पनि काम गरेको हुनसक्ने आँकलन गरिएको छ ।

बुधबारको कारोबारमा विकास बैंक र अन्य बाहेक सबै समूहमा गिरावट आएपछि बजार झरेको हो । बजारमा प्रभाव पार्ने वाणिज्य बैंक समूह आठ अंकले घटेको बजारमा बीमा, उत्पादन, जलविद्युत, होटल, वित्त लगायतका समूह पनि राताम्मे भएका छन् ।

बजार खुल्नासाथ निरन्तरत ओरालो लागेको नेप्से डेढ घण्टाको अवधिमा २२ अंक सम्म तल झरेको थियो । त्यसपछि समालिएको बजार ७.३७ अंकले झरेर १७७९.१३ अंकमा झरेको छ । यसदिन १४२ कम्पनीको ९४ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । 

यसदिनको कारोबारमा सनराइज बैंकको सबैभन्दा उच्च कारोबार भएको छ । सनराइजको ५ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । नेपाल लाइफको पनि ५ करोड २० लाख बराबरको कारोबार भयो । त्यस्तै एनबी, सिद्धार्थ र सिटिजन्सले पनि चार करोड बढीको कारोबार गरेका छन् । सानिमाको पनि ३ करोड बढीको कारोबार भयो ।

 यसदिन रिलायबल माइक्रोफाइनान्सका शेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । यो कम्पनीको शेयरमूल्य सात प्रतिशतले बढेको छ । आइएलएफसीओ माइक्रो, नेरुडे लघुवित्त,नाङी पावर कम्पनीm ललितपुर फाइनान्स, महिला सहयात्रा माइक्रोफाइनान्स, पोखरा फाइनान्स तथा नेपाल ग्रामिण विकास बैंक लगायतका कम्पनीका लगानीकर्ता धेरै कमाउनेमा परेका छन् । 

नबिल ब्यालेन्स फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएको बजारमा सेति फाइनान्स, एक्सल डेभलपमेन्ट संस्थापक, फस्र्ट माइक्रो राष्ट्यि बीमा कम्पनी, ग्लोबल आइएमई संस्थापक तथा गुडविल फाइनान्स लगायतका कम्पनीका लगानीकर्ताले धेरै गुमाए ।

सेयरधनी दर्ता किताब बन्दको सूचना समयमै उपलब्ध नगराएको भन्दै नेप्सेले नबिल बैंकको कारोबारमा रोक लगाएपछि त्यसका लगानीकर्ताहरुले किनबेच गर्न पाएनन् । 

 ..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।