धितोपत्र बोर्डले ल्यायो नयाँ चरणको सुधार कार्यक्रम, मर्ज सक्नेले एकीकृत बैंकिड. कारोबारसँगै सेयर कारोबार खोल्नुपर्ने

Sep 21, 2016 Merolagani

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शेयर बजार सुधारका लागि फेरि नयाँ चरणको अग्रगामी कार्यक्रम ल्याएको छ । सेबोनले लगानीकर्ताको हितग्राही खातासँगै बैंक खातालाई जोड्न, नयाँ सेयर आबेदन र हकप्रदको आबेदन पत्र अनलाईनबाटै उपलब्ध गराउन, आबेदन केन्द्रको संख्या धेरै बनाउन, नगद लाभांश अनिबार्य रुपमा बैंक खातामा पठाउने ब्यवस्था मिलाउन केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी), मर्चेण्ट बैंकर तथा सुचिकृत कम्पनीहरुलाई निर्देशन दिएको छ ।

 

धितोपत्र बोर्डले मर्जर तथा एक्विजिशन पुरा भएर एकिकृत बैकिड. कारोबार सुरु भए लगत्तै शेयर कारोबार खुलाउने व्यवस्था गर्न सुचिकृत कम्पनीहरुलाई निर्देशन दिएर अर्को अर्को महत्वपूर्ण कदम चालेको छ । कतिपय बैंक तथा बित्तीय संस्थाहरुले एकीकृत कारोबार सुरु गरेको झण्डै ६ महिना नाघ्न लाग्दा पनि सेयर कारोबार खोल्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले मर्ज वा एक्विजिशनको अन्तिम स्वीकृतिका लागि निबेदन दिँदा नै मर्ज तथा एक्विजिशन हुने संस्थाहरु सहमत भएर सेयर कारोबार खोल्ने निबेदन दिएमा सेयर कारोबार खोल्न स्वीकृति लिन सकिने निर्देशन जारी गरिसकेको छ । बोर्डले राष्ट्र बैंकको त्यही निर्देशनमा समन्वय गरेर नयाँ प्रबन्ध मिलाएको देखिएको छ । बोर्डको निर्देशनले बैंक तथा वित्तीय संस्थाको कारोबार मर्जर पछि छिट्टै सुरु हुने देखिएको छ । बोर्डले एकीकृत कारोबारसँगै शेयर कारोबार खुलाउन तथा प्रकृया लम्बिएमा ढिलोमा १५ दिनमा कारोबार खुलाउन कम्पनीहरुलाई निर्देशन दिएको छ ।

                             ...  बोर्डको निर्देशनको पूर्ण पाठ पढ्न यहाँ जानुहोस् । ...

त्यसैगरी नगद लाभांस अनिवार्य रुपमा बैंक खातामा पठाउन सुचिकृत कम्पनी तथा शेयर रजिष्ट्रारहरुलाई निर्देशन दिईसकेको सन्दर्भमा धितोपत्र बोर्डले त्यसलाई सहजीकरण गर्ने प्रयास गरेको छ । लगानीकर्ताको बैंक खाताको विबरण कम्पनी तथा मर्चेण्ट बैंकहरुसँग नहुने भएकाले उक्त विबरण डिम्याट खातामा अनिवार्य रुपमा अद्यावधिक गराउने व्यवस्था गर्न बोर्डले केन्द्रिय निक्षेप प्रणाली सिडिएससीलाई निर्देशन दिएको छ । बोर्डले नयाँ डिम्याट खाता खाल्ने लगानीकर्ताबाट अनिवार्य रुपमा बैंक खाताको विबरण पनि संकलन गर्ने व्यवस्था मिलाउन सिडिएससीलाई निर्देशन दिएको हो । यो निर्देशनले लगानीकर्तालाई नगद लाभांस बैंक खातामा पठाउने काममा सहज वातावरण बन्ने विश्वास बोर्डले लिएको छ ।

बोर्डले सार्वजनिक निष्काशनको क्रममा दरखास्त फारम लिन, बुझाउन र रकम जम्मा गर्न संकलन केन्द्रको संख्या कम भई अनावश्यक भन्झट बेहोर्नुपरेको, हकप्रद शेयर वापत प्राप्त हुने खण्डित शेयर तथा भौतिक तथा अभौतिक (डिम्याट) रुपमा रहेको शेयर अनुसार हकप्रद शेयर भर्दा समस्या भएको र हकप्रद शेयरका लागि संकलन केन्द्र कम हुँदा आफ्नो हक प्राप्तिमा असहज भएको गुनासो धेरै आएको विज्ञप्तिमा जनाएको छ ।

बोर्डले मर्चेण्ट बैंकरहरुलाई १० बुँदे निर्देशन जारी गर्दै शेयर निष्काशनका दौरान आवेदन संकलन केन्द्रको संख्या धेरै बनाएर लगानीकर्तालाई सहज रुपमा आवेदन दिन सक्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । उसले शेयर निष्काशनका दौरान आवेदन फारम अनलाइनबाट डाउनलोड गरी भरेर बुझाउन सक्ने व्यवस्था मिलाउन पनि मर्चेण्ट बैंक तथा कम्पनीहरुलाई निर्देशन दिएको छ । तर बोर्डले आवेदन फारममा प्रयोग हुने क्रम संख्याको व्यवस्थापन कसरी गराउन सकिन्छ भन्ने आधार खोज्न भने कुनै विकल्प देखाएको छैन ।

‘सर्वसाधारण लगानीकर्ताहरुबाट हकप्रद शेयर वापत प्राप्त हुने खण्डित शेयरको आवेदन गर्दा कतिपय संगठित संस्थाहरुबाट खण्डित शेयर भएका लगानीकर्तालाई पूर्णरुपमा आवेदन दिने व्यवस्था गरिएतापनि धेरै संगठित संस्थाहरुको खण्डित शेयर वापत प्राप्त हुने हकप्रद शेयर आवेदन गर्न नपाईएको भनी गुनासो प्राप्त भैरहेको सन्र्दभमा साविकका शेयरधनीको आफ्नो हक वापतको शेयर खण्डित हुने भएमा खण्डित शेयरलाई पूर्ण कित्ताको रुपमा नपुग रकम समेत लिई आवेदन दिने व्यवस्था गर्ने÷गराउने र त्यसो गर्दा सम्बन्धित कम्पनीको पूँजी संरचना परिर्वतन हुने अवस्था आएमा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र थप धितोपत्रहरु बोर्डमा दर्ता गरिने व्यहोरा वार्षिक साधारण सभाबाट निर्णय गराउन कम्पनीहरुलाई निर्देशन दिइएको छ ।’ बोर्डले भनेको छ ।

बोर्डले एउटै कम्पनीको भौतिक र अभौतिक शेयर लिएका एक जना लगानीकर्तालाई एउटै आवेदन मार्फत हकप्रद भर्न सकिने व्यवस्था मिलाउन पनि मर्चेण्ट बैंकहरुलाई निर्देशन दिएको छ ।
त्यसैगरी साधारण सेयर आबेदनमा एकाध परिवारले गर्ने शेयर आवेदनमा परिवारको एक व्यक्तिको चेक नलिएको गुनासोको सन्दर्भमा आईन्दा त्यस्तो नगर्न र परिवारभन्दा बाहेकको आवेदकको चेक परिवारमा मिसाएर पनि नलिन निर्देशन दिएको छ । राष्ट्र बैंकले तोकेको व्यवस्थाभन्दा बाहिर गएर सानो रकमको चेक राफसाफ गराउने नाममा रकम संकलन गरेको तर्फ बोर्डको ध्यानाकर्षण भएको भन्दै त्यस्तो नगर्न पनि मर्चेण्ट बैंकहरुलाई सजग गराएको छ । दुई लाख भन्दा कम रकमको चेक राफसाफमा लगानीकर्ताबाट रकम नअसुल्न बोर्डले मर्चेण्ट बैंकहरुलाई स्पष्ट निर्देशन दिएको हो ।

बोर्डले शेयर निष्काशनका दौरान आवेदन संकलनलाई अहिलेको भन्दा व्यवस्थित बनाउन निर्देशन दिदै मर्चेण्ट बैंकहरुमा कार्यरत जनशक्तिको क्षमता बिस्तार गर्न मर्चेण्ट बैंकहरुले अनिवार्य रुपमा आफ्नो कमाईको केही हिस्सा मा्नव संसाधन विकास शीर्षकमा छुट्याएर सोको जानकारी बोर्डलाई गराउन पनि निर्देशन दिएको छ । मर्चेण्ट बैंकमा कार्यरत कर्मचारीको क्षमता बिस्तार तथा कर्मचारी व्यवस्थापनमा अग्रणी भुमिका निर्वाह पनि बोर्डले मर्चेण्ट बैंकरहरुलाई भनेको छ ।

लगानीकर्ताहरुको तर्फबाट उठाईएका धेरै गुनासाहरुको सम्बोधन गर्दै धितोपत्र बोर्डले सेयर बजारलाई ब्यवस्थित बनाउने प्रयास जारी राख्दा लगानीकर्ताको मनोबल अरु सुदृढ हुने संकेत देखिएको छ ।

 ..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।