मेरो माइक्रोफाइनान्सको थप १५ शाखा विस्तार, ७५ वटै जिल्लामा पुग्ने लक्ष्य

Sep 21, 2016 merolagani

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (MERO) ले १५ शाखा थप गरी कारोबार शुरु गरेको छ । नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको यस वित्तीय संस्थाले यसअघि ३० शाखा कार्यालयबाट वित्तीय कारोबारको सेवा दिँदै आएकोमा अब शाखा संख्या ४५ पुगेको छ ।

गत भदौ २९ गते सल्यानको कपुरकोट शाखाबाट ७ जना महिलालाई बिनाधितो बिपन्न वर्ग कर्जा लगानी गरी संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले कारोबारको औपचारिक शुरुवात गरेका हुन् । 

प्रमुख कार्यकारी दाहालले रुकुमको मुसीकोट, रोल्पाको लिवाङ्ग लगायतका १५ वटा शाखाहरु बाट औपचारिक कारोबार शुरु गरेको जानकारी दिए । । भौगोलिक रुपमा बिकट र आर्थिक बिपन्नता रहेका दुर्गम जिल्लाका ग्रामीण समुदायमा लघुवित्तीय सेवा शुरुवात गरिएको बताउँदै बिस्तारै देशका ७५ वटै जिल्लामा शाखा बिस्तार गरिने दाहालले बताए ।

संस्थाले सुदुर पश्चिमका डोल्पा र अछाम लगायत पश्चिमका सुर्खेत, रोल्पा, रुकुम, सल्यान, प्युठान, गुल्मी, पाल्पा, स्याङ्गजा, लमजुङ्ग र गोरखा जिल्लामा एक÷एक वटा शाखा कार्यालयहरु मार्फत कार्यक्रम संचालन गरी कारोबार शुरु गरेको हो । त्यसैगरी मध्यमाञ्चलको रसुवा र बारा तथा पूर्वको धनकुटामा पनि एक एक वटा शाखा कार्यालयहरु स्थापना गरी कारोबार शुरु गरेको छ ।

 

हाल संस्थाले ४५ शाखा सञ्जाल मार्फत निक्षेप, कर्जा, लघुबीमा, विप्रेषण तथा अन्य सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै ४८ हजार घरपरिवारलाई लाभान्वित तुल्याएको छ । ४० करोड अधिकृत तथा २० करोड चुक्ता पूँजी सहित ८ वाणिज्य बैंक र २ विकास बैंकबाट प्रबद्र्धित यस संस्थाले हालसम्म २८ करोड निक्षेप संकलन गरी झण्डै १ अर्ब ५० करोड लगानी गरेको छ ।

.................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।