बिजी मलमा सुरु भयो ‘फ्यान्टास्टिक दशैं तिहार, हरेक दिन उपहार’ योजना

Sep 21, 2016 Mero Lagani

राजधानि र मोफसलका समस्त ग्राहक वर्गलाई लक्षित गर्दै यसै वर्षदेखि काठमाण्डौंको गोगंबुस्थित नयाँ बसपार्कमा सञ्चालनमा आएको बिजी मलले दशैं तिहारलाई लक्षित गर्दै उपहार योजना सुरु गरेको छ । चाड पर्वका बेला ग्राहलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउँदै १ हजार रुपैंयाभन्दा बढीको सामान खरिदमा धेरै भन्दा धेरै उपहार बितरण गर्ने लक्ष्य सहित मलले असोज ५ गते बुधबारदेखि उपहार योजना सुरु गरेको हो ।

चाड पर्वका बेला अधिकांसले सपिंग गर्ने भएकाले उनीहरुलाई कुनै न कुनै उपहार सहित सामान उपलब्ध गराउनका लागि चाडपर्वको उपहार योजना सुरु गरिएको मलका निर्देशक राजु गिरीले बताए ।

‘गुणस्तरीय वस्तु तथा सेवाको उपभोग बढ्दै गएको अवस्थामा सम्पुर्ण आवश्यकीय सामाग्री तथा मनोरञ्जनका स्थल सहित हामीले बिजि मल संचालनमा ल्याएका छौं । अन्तराष्ट्रियस्तरका विद्युतीयदेखि लत्ता कपडा लगायतका गुणस्तरीय सामग्री हाम्रा ग्राहक महानुभावहरुलाई सुपथ मुल्यमा उपलब्ध गराउन हामी प्रतिबद्ध छौं । यसमा हाम्रा ग्राहलाई अभ्यस्त बनाउनका लागि पनि हामीले उपहार कार्यक्रम सुरु गरेका हौं ।’ निर्देशक गिरीले भने ।

उपहार योजनामा सहभागी हुन ग्राहकले कम्तीमा एक हजार रुपैंयाको सामान खरिद गर्नु पर्ने उपहार कार्यक्रमका संयोजक हिरमणि तिमल्सिनाले बताए । ‘सामान खरिद गरेपछि ग्राहकले पाउने उपहार कुपनका आधारमा दैनिक, साप्ताहिक तथा बम्पर उपहार प्रदान गर्ने व्यवस्था गरेका छौं ।’ कार्यक्रम संयोजक तिमल्सिनाले बताए ।

उपहार कार्यक्रम अन्तरगत ग्राहले दैनिक रुपमा स्मार्ट फोन, १ हजार रुपैंयाको नगद छुट, खाजा तथा अन्य उपहारहरु प्राप्त गर्न सक्ने छन् । त्यसै गरी साप्ताहिक रुपमा ३२ ईञ्चको सिजि टेलिभिजन, सिजि वासिंग मेशिन, सिजि ग्यास तथा इलेक्ट्रििक हिटर, सिजि इलेक्ट्रिक ओभन र सिजि साउण्ड बार प्राप्त गर्न सक्नेछन् ।

उपहार योजनाको बम्पर उपहारका रुपमा ग्राहकरु मध्येबाट एक एक जनाले टिभिएस अपाची आरटिआर मोटरसाइकल, टिभिएस जुपिटर स्कुटर तथा एक जोडीले ४ रात ५ दिनको बैंकक ट्रिपमा जाने अवसर पाउने छन् । उपहार योजना कार्तिक २८ गतेसम्म सञ्चालन हुनेछ ।

मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ता कपडा, श्रृंगार तथा सौन्दर्य सामग्री,रेष्टुरेण्ट, सिनेमा हल, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ५ दर्जन बढी पसलहरु सञ्चालनमा रहेका छन् ।

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।