धितोपत्र बोर्ड धेरै अगाडि पुग्दा नेप्सेले किन फिटिक्कै पाईला सार्दैन ?

Sep 22, 2016 Merolagani

तिलक कोइराला
नेपाल धितोपत्र बोर्डले देशको आबश्यकता र आम लगानीकर्ताहरुको चाहनालाई केन्द्रमा राखी धितोपत्र बजार सुधार र बिस्तारका अग्रगामी कदमहरु चालेर धेरै अगाडि पुगिसकेको छ । नेपालको सेयर बजारलाई पूर्ण अभौतिकीकरण गर्नेदेखि हितग्राही खातासँग बैंक खातालाई जोड्नेसम्मका उसका कदमहरु साच्चै आम लगानीकर्ताको हितमा छन् नै, त्यसले देशको पूँजी बजारलाई बिस्वसनीय र स्थायित्व प्रदान गर्न पनि उत्तिकै आधार दिएको छ । 

तर, पूँजी बजारको अर्को सशक्त निकाय नेपाल स्टक एक्सचेन्जले भने यस मामिलामा फिटिक्कै पाईला नचाल्दा लगानीकर्ताले अपेक्षित लाभ पाउन नसकेको मात्रै हैन, पूँजी बजार सुधार र बिस्तारको काम पनि एकलकाँठे पाराको भईरहेको छ ।  


नेप्से पनि तातेको भए...


नेपाल धितोपत्र बोर्डमा डा. रेबतबहादुर कार्कीले नेतृत्व सम्हालेपछि दशौ बर्षसम्म हुन नसकेका कामहरु एक बर्षमा भएका छन् । सुचिकृत कम्पनी, सेयर रजिष्ट्रार, दलाल ब्यवसायी र सेयर लगानीकर्तालाई जिम्मेवार र जवाफदेही बनाउनेदेखि प्रबिधि र पूर्वाधार बिस्तारमा धेरै अग्रगामी कामहरु भएका छन् । जसरी धितोपत्र बोर्ड अगाडि बढेको छ, त्यसमा नेप्सेले पनि आफ्नो क्षमता र प्रभावकारिता प्रदर्शन गरेको भए धितोपत्र बजारले निकै उचाई लिईसकेको हुन्थ्यो ।

 

नेप्से पनि धितोपत्र बोर्डसँगै सक्रिय बनेको भए यी १० काम भईसक्ने थिए -

१. नेप्सेले धितोपत्र बोर्डकै लय समातेर काम गरेको भए धेरै बाणिज्य बैंकहरुले सेयर दलाल लाईसेन्स प्राप्त गरिसकेका हुन्थे, त्यसले बजार बिस्तारको कामलाई नयाँ उचाई प्रदान गर्दथ्यो ।

. सेयर दलालहरुको लगानी र क्षमता बिस्तार गरी पचहत्तरै जिल्लामा जान बाध्य पार्न सकिएको भए लाखौ जनता पुँजी बजारमा जोडिएका हुन्थे र पूँजी बजारको बिस्तार र बिकासको लाभ दुर दराजमा बस्नेहरुमा पनि पुथ्ग्यो ।

३. क्लियरिड. बैंकको रुपमा अरु बाणिज्य बैंकलाई पनि थपिएको भए हाल कारोबार गरिरहेका धेरै लगानीकर्ता र सेयर दलालले नै सहज रुपमा गुणस्तरीय र शीघ्र सेवा प्राप्त गर्ने थिए ।

४. नेप्सेले म्याद नाघेको सफ्टवेयरको स्थानमा अन्र्तराष्ट्रिय रुपमा प्रमाणित र बिस्वसनीय कारोबार प्रणाली भित्र्याएर अनलाईन ट्रेडिड.को सुरुवात गरेको भए बिदेशमा बस्ने नेपाली र बिदेशीहरु समेत नेपालको पूँजी बजारमा प्रत्यक्ष रुपमा संलग्न हुने थिए र त्यसले नेपालको पूँजी बजारलाई अन्र्तराष्ट्रियस्तरको बनाईदिन्थ्यो । नेपाल भित्रै पनि कुनाकाप्चामा रहेका लगानीकर्ताहरुले सेयर दलालको कार्यालयमा दैनिक रुपमा नगईकनै सेयर किनबेच गर्न पाउँथे ।

५. सेयर दलालहरुलाई मार्जिन ल्याडिड. र डिलरशीपको प्रबन्ध गरिएको भए लगानीकर्ताहरुले नै त्यसको लाभ लिने थिए र बजारलाई आधार मिल्दथ्यो ।

६. लगानीकर्ता पहिचान कार्डको ब्यवस्था भईसक्ने थियो र त्यसको सहायताले कुन ब्यक्ति लगानीकर्ता हो र होईन भन्ने सहजै पहिचान गरी यस क्षेत्रमा आउने लगानीको बैधानिकता जाँच्न सहयोग पुग्ने थियो ।

७. नागरिक लगानी कोषलाई पूँजी बजारमा बजार निर्माताको रुपमा आउन सहजीकरण गरेको भए अहिलेसम्म उसले काम थालिसकेको हुने थियो र पूँजी बजारलाई टेवा पुग्ने थियो ।

८. सेयर दलालहरुलाई राफसाफको क्रममा आईपर्ने आर्थिक संकट र सेयर संकट टार्न आबश्यक सेटलमेन्ट ग्यारेन्टी फण्ड संयन्त्र सहितको ब्यवस्था गरिसकिएको भए कुनै एक दलाल वा लगानीकर्ताको कारणले हुने कारोबार बन्द हुने थिएन् ।

९. नेपालको पूँजी बजार बिकास र बिस्तारबाट हुने फाईदा अधिकांश रुपमा उपत्यकामा मात्र सिमित रहेकाहरुले उपभोग गरिरहेका छन् । नेप्से आक्रामक रुपमा अघि बढेको भए त्यो फाईदा दुरदराजका लाखौ जनताले पनि पाईसकेका हुने थिए । हाल जम्मा सेयर कारोबारको ६ प्रतिशत हिस्सा मात्र उपत्यका बाहिरको रहेको अबस्थामा त्यो कम्तिमा ३० प्रतिशत पुगेको हुनेथियो ।

१०. बजारमा रहेको बिसंगति र बिकृति अन्त्य भईसकेको हुन्थ्यो र बदमासहरु कारबाहीको दायरामाा आईसकेका हुने थिए ।

नेप्सेका अधिकारीहरुको तर्क हुनसक्छ-हामीले पनि काम गरिरहेका छौ नि । पक्कै हो, नेप्सेले नियमित काम गरिरहेको छ तर जनताले सुधारको अनुभुत नगर्ने गरी गरिएको त्यस्तो काम र त्यसलाई पुष्टि गर्न गरिने तर्कको कुनै औचित्य छैन । यहाँ नेप्सेले कामै गरेको छैन पनि भनिएको हैन । समयको गती, देश तथा लगनीकर्ताको आबश्यकता अनुसार काम चाँही भएन ।

किन अघि बढ्दैन नेप्से ?

मुख्य प्रश्न नेप्सेले बजार सुधार र बिस्तारमा किन फिटिक्कै पाईला सारिरहेको छैन भन्ने नै हो । आठ बर्ष अगाडि नै म्याद सकिएको (डेट एक्सपाएर) सफटवेयर चलाएर आफुले काम गरिरहेको छु भन्न नेप्से जस्तो जिम्मेवार निकायलाई सुहाउँदैन । सीडीएससी समेत उसको सहायक कम्पनी भएको अबस्थामा उसले निर्बाह गर्नुपर्ने दायित्व गहन छन् भनेर बुझ्नुपर्छ । बाणिज्य बैंकहरु र अरु सक्षम ब्यक्ति तथा कम्पनीहरुलाई सेयर दलाल लाईसेन्स दिन, क्लियरिड. बैंकको संख्या थप्न, अनलाईन कारोबार गर्न मिल्ने नयाँ सफट्वेयर किन्न, सेयर दलालको पूँजी र क्षमता बिस्तारको पहलकदमी गर्न नेप्सेलाई के कुराले रोकेको छ ? यस्ता प्रश्नहरुको उत्तर निकै रहस्यमयी छन् ।

धितोपत्र बोर्डले नेप्सेलाई धेरै पटक निर्देशन दिईसकेको छ । नेप्से धितोपत्र बोर्ड भन्दा तलको निकाय हो, उसले धितोपत्र बोर्डको निर्देशन मान्नैपर्छ । तर यो पनि हैन कि सबै कुरामा धितोपत्र बोर्डकै मुख ताकोस । धितोपत्र बोर्डको योजना र निर्देशनमा आधारित रहेर सहकार्य गर्दै अगाडि बढ्न उसलाई कुनै अफ्ठयारो हुनु नपर्ने हो । यसमा केही समस्या छन् भने खुलस्त छलफल गरी निचोड र निकासमा पुगे भईहाल्छ । 

सबै काम धितोपत्र बोर्डले नै गर्छ, गर्नुपर्छ भन्ने हो भने के नेप्से चाँही लगानीकर्ताले गर्ने सेयर किनबेचबाट कमिशन खाएर मात्र बस्ने ? नेप्सेको यही कमजोरीले गर्दा नै निजी क्षेत्रको अर्को स्टक एक्सचेन्ज चाहिन्छ भन्ने आवाज उठेको हो । अर्काको रीसले आफ्नो खुट्टामा बन्चरो हाल्ने कि फटाफट अग्रगामी कदम चाल्ने ?

नोटः मेरोलगानी डटकमको अनुमति नलिई अन्य संचार माध्यमले यसलाई पुनः प्रकाशन नगर्नुहोला । 

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।