बिहीबार नबिलको ३० प्रतिशत बोनस सेयर समायोजित गरेपछि प्रति कित्ता मूल्य १८०८ तोकिएको छ । नबिल प्रोमोटरको १३९२ रुपैयाँ तोकिएको छ ।
नबिलले समयमै सूचना नदिईएको बारेमा स्पष्टिकरण पेश गरेपछि कारोबार खुला गरिएको नेप्सेले जनाएको छ ।
त्यसैगरी सिटिजन्स बैंक(CZBIL)को १५.८ प्रतिशत बोनस सेयर समायोजन गरेपछि सेयरमूल्य ६१४ रुपैयाँ तोकिएको छ । त्यसैगरी ओरियन्टल होटल्स(OHL)को २० प्रतिशत बोनस समायोजित भएपछि ५३९ रुपैयाँ तोकिएको छ । त्यस्तै मितेरी डेभ्लपमेन्ट बैंक(MDB)को ५० प्रतिशत हकप्रद सेयर समायोजन गरेपछि सेयर मूल्य ८९८ तोकिएको छ ।