सबैभन्दा धेरै हकप्रद निश्काशन गर्ने घोषणा जुन कम्पनीले गर्छ, केही नयाँ तथा पुराना लगानीकर्ताहरु त्यसैको सेयर खरिदमा झुम्मिन्छन् र उचालिएर महंगोमा सेयर किन्छन् । हकप्रद भनेको कम्पनीले आफ्नो पूँजी बढाउनका लागि सेयरधनीबाट थप रकम लिने हो, दिने हैन । एकसय रुपैयाँमै सेयर पाईन्छ भने त्यसमा लगानीकर्ताहरु आकर्षित हुनुलाई अन्यथा भन्न पनि मिल्दैन । तर यहाँ त हकप्रदको हल्ला चलाएर कम्पनीहरु नै हराउने रोग पनि छ । त्यसैको चिरफार यसपटक मेरोलगानी डटकमले गरेको छ ।