मंसिरसम्ममा १८५ मेगावाट थप बिजुली उत्पादन तर बिजुली हिडाउने बाटो खोई ? (हेर्नुहोस् १७ आयोजनाका जटिल समस्या)

Sep 26, 2016 Merolagani

सोम डोटेल
देशमा बिजुली उत्पादन भएन, त्यसैले लोडसेडिड. भयो, धेरैले भन्ने गरेको कुरा यही हो ।  देशका बिभिन्न भागमा धमाधम बनिरहेका १७ आयोजनाहरुले यही मंसिरसम्ममा थप १८५ मेगावाट बिजुली निकाल्दैछन् तर बिजुली बगाउने बाटो अर्थात प्रसारण लाईनको समस्याले हामीले यसपालि त्यो बिजुली बाल्न नपाउने अबस्था देखिएको छ ।

चीनको सिनो हाईड्रो र नेपाली साझेदारहरुले लमजुड.मा माथिल्लो मस्यांड.दी  ए आयोजनाबाट ५० मेगावाट बिजुली सोमबारदेखि नियमित रुपमा उत्पादन गर्दैछ तर प्रसारण लाईनकै समस्याले यसले एउटा मात्र टबाईनबाट बिजुली निकाल्नु पर्ने भएको छ ।  एउटा टबाईनबाट निकालिएको २५ मेगावाट बिजुली पनि प्रसारण लाईनको अभावमा केन्द्रीय प्रसारणमा नजोडिने हो कि भन्ने आशंका उब्जिएको छ ।

बिद्युत बिकास बिभागले तयार पारेको बिबरण अनुसार मंसिर मसान्तसम्ममा १७ वटा आयोजनाहरुले बिद्युत उत्पादन थाल्दैछन् । उनीहरुले भोग्ने समस्या माथिल्लो मस्याड.दी ए ले जस्तै हो । बिजुली त निकालियो त्यसलाई बजारसम्म लैजाने प्रसारण लाईन नहुँदा प्रबद्र्धकले त घाटा खाने नै छन् देश अन्धकारमै बस्नुपने भएको छ । बिद्युतको बढी माग हुने समयमा यी आयोजनाहरुले उत्पादन गर्ने बिजुली केन्द्रीय प्रसारणमा जोड्न सकिएको भए भारतबाट आयात हुने बिजुलीको भार कम भई हाम्रो अर्थतन्त्रलाई टेवा पुग्ने  थियो । 

बिद्युत बिकास बिभागका महानिर्देशक समीररत्न शाक्य भन्नुहुन्छ- नेपाल सरकारको आर्थिक बर्ष २०७३,७४ का लागि १८५¬.११ मेगावाट जलविद्युत केन्द्रीय प्रसारणमा जोड्नु पर्ने हुन्छ ।  दातेश्वर लाइन रोकिएको छ, त्यस मध्ये १५० मेगावाट मात्रै. केन्दिय प्रसारण लाइनमा थपिनसक्छ ।

 निर्माणको चरणमा रहेका आयोजनाहरुको सन्दर्भमा प्रसारण लाईन  नबनेमा ११६ मेगावाट मात्रै केन्द्रीय प्रसारणमा जोडिने छ ।   आयोजनाहरुले उत्पादन गर्ने ७० मेगावाट बिजुली प्रसारण लाईन नबनेसम्म खेर जाने स्थिति रहेको छ ।

प्रसारण लाईन बनाउने क्रममा कतिपय फाईलहरु वन मन्त्रालयमा रोकिएको छ भने कतिपय स्थानीयको बिरोध र ब्यवधानले अगाडि बढ्न सकेका छैनन । प्रबद्र्धकलाई बिजुली उत्पादन गर भन्ने तर सरकारले प्रसारण लाईन नबनाउने समस्या बर्षौदेखि रहेकोछ । खासगरी उर्जा मन्त्रालय, नेपाल बिद्युत प्राधिकरण र वन मन्त्रालयबीचमा समन्वय नहुँदा त्यसको मार आयोजनाहरुले  भोग्नु परेको छ । 

सरकारी निकायहरु उर्जा मन्त्रालय, वन मन्त्रालय, बिद्युत बिकास बिभाग, बिद्युत प्राधिकरण लगायतका बीचमा उचित समन्वय नहुँदा आयोजनाहरु पुरा भएर पनि बिद्युत राष्ट्रिय प्रसारणमा नजोडिनु दुर्भाग्यपूर्ण अबस्था हो  । सरकारको माथिल्लो तहबाटै पहल नभए अरु बिद्युत्त आयोजनाहरुले पनि यही नियति भोग्नुपर्ने  छ ।

५० मेगावाट विद्युत उत्पादन क्षमताको माथिल्लो मस्र्याङदी जलविद्युत आयोजनाको निर्माण कार्य तोकिएको समय अगावै निर्माण सम्पन्न भएको हो । डेढ वर्ष अघि निर्माण पुरा गर्ने लक्ष्य सहित सुरु भएको आयोजना भूकम्प र नाकाबन्दीका कारण केही ढिला गरेर निर्माण सम्पन्न भएको हो । असोज १० गते अर्थात भोलिदेखि आयोजनाले व्यवशायिक रुपमा विद्युत उत्पादन गर्दैछ ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा आयोजनाको व्यवशायिक विद्युत उत्पादनका सम्बन्धमा जानकारी गराएको हो । कार्यक्रममा आयोजनाको प्रवद्र्धक सिनो हाइड्रो चाइनाका अध्यक्ष सेङ युमिङले समय, सुरक्षा, लागत र गुणस्तरलाई हेरेर काम गरेका कारण निर्धारित समयमा आयोजना निर्माण गर्न सकेको बताए । उनले नेपालको विकासको बाधक अल्छीपन रहेको भन्दै चीनले यसलाई पछाडी पारेर आर्थिक विकासमा फड्को मारेको बताए ।

सिनो हाइड्रो चाइनाको ९० प्रतिशत र मनकामना केवलकार समूहको १० प्रतिशत गरी १६ अर्ब रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको आयोजनाको सोमबार बौद्धस्थित हायात होटलबाट उर्जामन्त्री जनार्दन शर्माले उद्घाटन गर्दैछन् । शर्माले आयोजनास्थल लमजुङमा रहेका आयोजनाका कर्मचारीलाई टेलिफोनमार्फत स्वीच अन गर्न निर्देशन दिएर व्यवशायिक रुपमा आयोजनाबाट विद्युत उत्पादनको सुरुवात गर्न लागेका हुन् ।

मेरोलगानी डटकमको अनुमति बिना यो समाचार सामाग्रीलाई अन्य मिडियाहरुले प्रयोग नगर्नुहोला । 

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।