चिनियाँ कम्पनीले ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ए कसरी समयमै बनायो ?

Sep 25, 2016 Mero Lagani

चिनियाँ  कम्पनीहरुले नेपालमा हात हालेको आयोजनाहरु समयमा नै नबन्ने गरेको भनी आलोचना खेपिरहेका बेला चीनको सिनो हाइड्रोले ५० मेगावाट क्षमताको जलविद्युत आयोजना तोकिएको समयभन्दा अगावै निर्माण सम्पन्न गरेर उदाहरण पेश गरेको छ । मेलम्ची खानेपानी आयोजनामा चिनियाँ  कम्पनीले काम गर्न नसकेर भागे पछि विकसित भएको चीनियाँ कम्पनीप्रतिको नकारात्मक धारणा पनि यसले मेटाईदिएको छ ।

५० मेगावाट विद्युत उत्पादन क्षमताको माथिल्लो मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माण कार्य तोकिएको समय अगावै निर्माण सम्पन्न भएको हो । डेढ वर्ष अघि निर्माण पुरा गर्ने लक्ष्य सहित सुरु भएको आयोजना भूकम्प र नाकाबन्दीका कारण केही ढिला गरेर निर्माण सम्पन्न भएको हो । असोज १० गते अर्थात भोलिदेखि आयोजनाले व्यवशायिक रुपमा विद्युत उत्पादन गर्दैछ ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा आयोजनाको व्यवशायिक विद्युत उत्पादनका सम्बन्धमा जानकारी गराईएको हो । कार्यक्रममा आयोजनाको प्रवद्र्धक सिनो हाइड्रो चाइनाका अध्यक्ष सेङ युमिङले समय, सुरक्षा, लागत र गुणस्तरलाई हेरेर काम गरेका कारण निर्धारित समयमा आयोजना निर्माण गर्न सकेको बताए । उनले नेपालको विकासको बाधक अल्छीपन रहेको भन्दै चीनले अल्छिपन त्यागेरआर्थिक विकासमा फड्को मारेको बताए ।

सिनो हाइड्रो चाइनाको ९० प्रतिशत र मनकामना केवलकार समूहको १० प्रतिशत गरी १६ अर्ब रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको आयोजनाको सोमबार बौद्धस्थित हायात होटलबाट उर्जामन्त्री जनार्दन शर्माले उद्घाटन गर्दैछन् । शर्माले आयोजनास्थल लमजुङमा रहेका आयोजनाका कर्मचारीलाई टेलिफोनमार्फत स्वीच अन गर्न निर्देशन दिएर व्यवशायिक रुपमा आयोजनाबाट विद्युत उत्पादनको सुरुवात गर्न लागेका हुन् ।

यो पनि पढ्नुहोस्

मंसिरसम्ममा १८५ मेगावाट थप बिजुली उत्पादन तर बिजुली हिडाउने बाटो खोई ? (हेर्नुहोस् १७ आयोजनाका जटिल समस्या)

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।