बीओकेएल, कुमारी र प्रभुको कहिले देखि हुँदैछ शेयर कारोबार ?

Sep 26, 2016 Mero Lagani

- परमेश्वर अधिकारी
भिबोर सोसाइटीको पनि शेयर कारोबार खुल्दै
मर्जर प्रक्रियामा गएर लामो समयदेखि शेयर कारोबार रोकिएका दुई वाणिज्य बैंक र एक विकास बैंकको शेयर कारोबार संभवतः यसै साता खुल्ने भएको छ । दुई वाणिज्य बैंक एक भएर बनेको बैंक अफ काठमाण्डू लुम्बिनी र एनसीसीसँगको मर्जर प्रक्रियाबाट बाहिरिएको कुमारी बैंक (KBL) को शेयर कारोबार यसै साता खुल्ने सम्भावना बढेको हो ।

तर लामो समयदेखि कारोबार बन्द रहेको प्रभु बैंकको भने अझै ठेगान छैन । त्यसै गरी दुई विकास बैंक एक भएर बनेको भिबोर सोसाईटीको पनि शेयर कारोबार आगामी सातादेखि खुल्ने बुझिएको छ ।

मर्जरका कारण लामो समयदेखि विभिन्न बैंकहरुको शेयर कारोबार रोक्का हुँदा लगानीकर्ता समस्या परेका थिए । कुमारी बैंक र बैंक अफ काठमाण्डौं लुम्बिनीको शेयर कारोबार खोल्ने बारेमा राष्ट्र बैंकले निर्णय गरिसके पनि सम्बन्धित बैंकहरुले त्यस सम्बन्धि पत्र पाउन ढिलाई भएको बुझिएको छ । तर ग्राण्ड बैंकलाई गाभ्दाको शर्त पुरा नभएकाले प्रभु बैंकको शेयर कारोबार खुलाउने सम्बन्धमा भने राष्ट्र बैंक अझै कुनै निष्कर्षमा पुग्न सकेको छैन ।

बीओकेको कारोबार खुल्ने

लुम्बिनी बैंकसँग मर्जर पुरा गरी बैंक अफ काठमाण्डू लुम्बिनी (BOK) को नामबाट एकीकृत कारोबार सुरु गरेको बीओकेएलको शेयर कारोबार पनि यसै सातादेखि खुल्ने भएको छ । केही समय अघि मात्र एकीकृत कारोबार सुरु गरेको बैंकलाई पनि राष्ट्र बैंकले शेयर कारोबारको बाटो खुल्ला गर्ने प्रकृया अन्तिम चरण पुर्याएको बैंकका एक अधिकारीले बताए । उनका अनुसार सबै प्रकृया पुरा भएकाले राष्ट्र बैंकबाट पत्र पाउना साथ शेयर कारोबार सुचारु हुनेछ । यसका लागि ढिलोमा एक साता समय लाग्न सक्ने ती अधिकारीले बताए ।

गत पुष ९ गते लुम्बिनी बैंकसँग मर्जरमा जाने सम्झौता भए पछि बैंकको शेयर कारोबार रोक्का भएको थियो । उक्त दिन बीओकेको प्रतिकित्ता शेयर ५ सय ८५ रुपैंयामा किनबेच भएको थियो । राष्ट्र बैंकले ल्याएको पूँजी बृद्धि योजना अनुरुप यी दुई संस्थाहरु एक आपसमा मर्जमा गएका हुन् । मर्जरसँगै बैंकको चुक्ता पूँजी ४ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा बैंकको प्रतिशेयर आम्दानी २४ रुपैंया ५० पैसा रहेको बैंकले लगानीकर्तालाई दिने प्रतिफल प्रस्ताव गरिसकेको छैन ।

यी दुई संस्था एक आपसमा गाभिदा सेयर स्वाप रेसियो बीओकेको १०० बराबर ८२.८१ रुपैयाँको सेयर अनुपातमा गाभिएको हो । स्वापबाट आएको बाँकी ३९ करोड ५५, लाख रुपैयाँ जगेडा कोषमा गएको छ र सो रकम समेत जोडेर बैंकले लगानीकर्तालाई बोनस शेयर प्रस्ताव गर्न सक्छ । मर्ज पछि शेयर कारोबार हुँदा प्रतिकित्ता शेयर मूल्य कति तोकिने हो त्यो भने स्पष्ट हुन बाँकी छ ।

कुमारी बैंकको शेयर कारोबार पनि खुल्दै

कुमारी बैंक (KBL) ले एनसीसी बैंक सहित अन्य ४ विकास बैंकसँग मर्जरमा जाने सम्झौता गरी विशेष साधारण सभाबाट मर्जरमा नजाने निर्णय गरेको थियो । जसका कारण कुमारी बैंकको शेयर काराबोर मर्जर सम्झौता गरेको दिन गत माघ १६ गतेदेखि रोक्का भएको थियो । नेपाल राष्ट्र बैंकले कुमारी बैंकको शेयर कारोबार सुचारु गराउने निर्णय गरेको बुझिए पनि मर्जर भाँड्दाको कार्वाही बैंकलाई गर्ने निर्णय भए नभएको थाहा हुन सकेको छैन ।

यस सम्बन्धमा कुमारी बैंकका एक अधिकारीले राष्ट्र बैंकमा निर्णय भएको जानकारी आएको र औपचारिक रुपमा केही दिनमा नै पत्र प्राप्त भएलगत्तै शेयर कारोबार खुल्ने बताए । उनका अनुसार यो साताको अन्तिम सम्ममा बैंकको शेयर कारोबार सुरु हुने सम्भावना छ । गत माघ दोस्रो साता अन्तिम पटकको कारोबारमा बैंकको प्रतिकित्ता शेयर ३ सय ८५ रुपैंयामा किनबेच भएको थियो ।

५० प्रतिशत हकप्रद

२ अर्ब ६९ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकले एनसीसीसँग मर्जर प्रकृया तोडे पछि ५० प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव गरेको छ । गत आर्थिक वर्षमा ७४ करोड बढी खुद नाफा गरेको छ । बैंकले उक्त कमाईबाट लगानीकर्तालाई दिने प्रतिफल भने प्रस्ताव गर्न बाँकी छ । अहिलेको चुक्ता पूँजीमा नै ५० प्रतिशत हकप्रद निष्काशन गर्दा उसको चुक्ता पूँजी ४ अर्ब ३ करोड रुपैंया नाघ्ने छ ।

प्रभु बैंकको शेयर कारोबार अझै खुलेन

उता गत माघ २९ देखि नै एकीकृत कारोबार सुरु गरेको प्रभु बैंक (PRVU) को भने ९ महिना बित्दा समेत शेयर कारोबार सुचारु हुन सकेको छैन । राष्ट्र बैंकबाट शेयर कारोबार फुकुवा गर्ने सम्बन्धमा कुनै निक्र्यौल नभएका कारण बैंकको शेयर कारोबार कहिले सुचारु हुन्छ भन्ने सम्बन्धमा बैंक आफैं अन्यौलमा परेको छ । आफु सबै तयारी सकेर कारोबार गराउने पक्षमा भए पनि राष्ट्र बैंकबाट कारोबार सुचारु गराउने सम्बन्धमा कुनै निर्णय नहुँदा कारोबार खुल्न नसकेको बैंकका एक अधिकारीले मेरोलगानीलाई बताए ।

उनका अनुसार बैंकले बैशाखदेखि नै शेयर कारोबार सुचारु गराउने योजना बनाएको थियो । तर मर्जरको स्वीकृति प्राप्त गर्दाको अवस्थामा तोकिएको निष्कृय कर्जा अनुपात ५ प्रतिशत भन्दा कम गराउने शर्त पुरा नभएका कारण राष्ट्र बैंकले प्रभुको शेयर कारोबार फुकुवा नगरेको बुझिएको छ ।

अघिल्लो वर्ष माघमा ग्राण्ड बैंकलाई खरिद गर्ने निर्णय गरे पछि ग्राण्ड बैंकको शेयर कारोबार रोक्का भएकोमा गत वर्ष असोजमा राष्ट्र बैंकले एक्वायर नभई मर्जर प्रकृयामा आउन भने पछि सोही समयदेखि प्रभु बैंकको पनि शेयर कारोबार रोक्का भएको थियो । ग्राण्डसँग मर्जर पुरा गरेर ५ अर्ब ८८ करोड रुपैंया चुक्ता पूँजी बनाएको बैंकले गत आर्थिक वर्षमा १ अर्ब १४ करोड ७८ लाख ४० हजार रुपैंया खुद नाफा कमाए पनि जगेडाा कोषमा न्युन रकम भएकाले लाभांस दिन सक्ने अवस्था देखिँदैन । बैंकको प्रतिशेयर आम्दानी १९ रुपैंया ५१ पैसा रहेको छ ।

एनसीसी भने अन्तिम स्वीकृतिको पर्खाईमा

कुमारी बैंक मर्जरबाट बाहिरिए पछि अरु ४ विकास बैंकलाई लिएर मर्जर प्रक्रिया पुरा गरेर अन्तिम स्वीकृतिको पर्खाईमा रहेको एनसीसी बैंक (NCCB) को शेयर कारोबार एकीकृत बैंकिंग कारोबारसँगै सुरु हुने आशा गरिएको छ । नेपाल धितोपत्र बोर्डले मर्जर पुरा गरेर एकीकृत बैंकिंग कारोबार सुरु गर्दा शेयर कारोबार पनि सँगसँगै खोल्नु पर्ने नयाँ व्यवस्था गरेका कारण ढिलोमा महिना दिनमा एनसीसी बैंकको पनि शेयर कारोबार सुचारु हुने देखिन्छ ।
इन्टरनेशनल डेभलपमेण्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंक, एपेक्स डेभलपमेण्ट बैंक र सुप्रिम डेभलपमेण्ट बैंकसँग मर्जर प्रकृयामा रहेको बैंकले असोज महिना भित्रमा मर्जरको अन्तिम स्वीकृति पाएर एकीकृत कारोबार सुरु गर्ने लक्ष्य लिएको छ ।

बैंकले गत असार मसान्तसम्ममा ७० करोड ३० लाख ८८ हजार रुपैंया खुद नाफा कमाएको वित्तीय विबरण प्रकाशित गरी लगानीकर्तालाई आराम भएको आभाष दिलाएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ४० करोड ७६ लाख ५४ हजार रुपैंया खुद नाफा कमाएको थियो । यस आधारमा बैंकले खुद नाफामा २९ करोड ५४ लाख ३४ हजार रुपैंया अर्थात ७२ दशमलव ४७ प्रतिशतले बढोत्तरी गरेको हो । २९ रुपैंया ८८ पैसा प्रतिशेयर आम्दानी रहेको बैंकले लगानीकर्तालाई दिने प्रतिफल प्रस्ताव गरिसकेको छैन ।

भिबोर सोसाइटीको पनि कारोबार खुल्ने

भिबोर विकास बैंक र सोसाइटी डेभलपमेण्ट बैंक एक आपसमा मर्ज भई बनेको भिबोर सोसाइटी डेभलपमेण्ट बैंकको पनि आगामी साताको अन्तिमदेखि शेयर कारोबार खुल्ने बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत झलक खनालले मेरोलगानीसँग कुरा गर्दै धितोपत्र बोर्डको प्रकृया अन्तिम चरणमा रहेको र त्यसको सात कार्यदिन पछि शेयर कारोबार खुल्ने बताए । ३ साता अघि मात्र बैंकले एकीकृत कारोबार सुरु गरेको थियो । २ संस्था मर्ज भएर बनेको नयाँ बैंकको चुक्ता पूँजी १ अर्ब ८२ करोड रुपैंयाको हाराहारीमा पुगेको छ ।

यो समाचार मेरोलगानी डटकमको अनुमति बिना अन्य मिडियाहरुले प्रयोग नगर्नुहोला । 

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।