सेयर बजारमा थपियो सानिमा क्यापिटल, लगानीकर्ताले थप सेवा पाउने

Sep 26, 2016 merolagani

सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटल सोमबारदेखि औपचारिक रुपमा संचालनमा आएको छ ।क्यापिटलको नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेवत बहादुर कार्की र सानिमा बैंकका ब्राण्ड एम्बेसडर मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चार्य (महजोडी) ले उद्घाटन गरेका हुन ।क्यापिटलले धितोपत्र बोर्डबाट मर्चेण्ट बैंकर सञ्चालनको अनुमति पाए लगत्तै केही सेवाहरु समेत संचालनमा ल्याएको थियो।



क्यापिटलले आरटिएस, अन्डर राइटिंग, इस्यु म्यानेजर र पोर्टफोलियो म्यानेजमेन्टको काम यस अघिनै थालिसकेको छ । क्यापिटलले मर्चेन्ट बैकले दिने सबै किसिमका सेवा प्रदान गर्ने बताएको छ ।

नक्सालस्थित सानिमा बैंकको मुख्य कार्यालयमा रहेको क्यापिटलले सानिमा बैंकले गर्दै आएको निक्षेप सदस्यको सेवा पनि लगानीकर्तालाई दिनेछ । डिम्याट खाता खोल्ने, शेयर डिम्याट गराउने सेवा लगानीकर्ताले क्यापिटलबाट पाउने छन । साधारण शेयर, नयाँ शेयर तथा हकप्रद निष्काशनका लागि काम गर्दे आएका कम्पनीहरुले अर्को प्रतिस्पर्धी पाएका छन् ।

पूर्ण रुपमा सानिमा बैंककै लगानीमा सञ्चालनमा आएको क्यापिटलको चुक्ता पूँजी ११ करोड रहेको छ भने १५ करोडसम्म बिस्तार गर्ने लक्ष्य राखिएको छ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।