ज्योति बिकास बैंकको पनि खुल्यो सेयर कारोबार,झिमरुक गाभिएपछि सेयर मूल्य कति ?

Sep 27, 2016 Merolagani

झिमरुक बिकास बैंकलाई आफुमा गाभेको ज्योति बिकास बैंक(JBBL)को पनि सेयर कारोबार मंगलबारदेखि खुलेको छ । नेपाल स्टक एक्सचेन्जमा जारी सूचना अनुसार झिमरुकसँगको मर्जर सफलतापुर्वक सकेपछि सेयर कारोबार खुलेको जनाईएको छ ।

ज्योति बैंकले मर्जर प्रक्रिया सकेर गत साउन २८ गतेदेखि संयुक्त कारोबार सुरु गरेको थियो । नुवाकोटको हाम्रो बिकास बैंकलाई पनि आफुमा मिलाउने सम्झौता गरेकोमा हाम्रोले बीचमैमा मर्जर तोडेर बाहिरिएको थियो । 

ज्योतिको मर्जरमा जानु अघि नेप्सेमा प्रति सेयर १६९ रुपैयाँमा कारोबार भईरहेको थियो तर अब कतिमा कारोबार सुरु होला यकिन भईसकेको छैन । ज्योति बिकास बैंकको चुक्ता पूँजी हाल ९२ करोड छ भने उसले गत आर्थिक बर्षमा १५ करोड खुद नाफा गरी प्रति सेयर आम्दानी १६ रुपैयाँ कायम गरेको थियो ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।