सेवा बिकास बैंकको १२० प्रतिशत हकप्रदमा दावी गर्न असोज १८ सम्म सेयर किन्नुपर्ने

Sep 27, 2016 Merolagani

१२० प्रतिशत हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको सेवा बिकास बैंक(SEWA)ले असोज १९ गते सेयरधनी दर्ता किताब बन्द हुने सूचना जारी गरेको छ । सेवाको हकप्रदमा दावी गर्न असोज १८ गतेसम्म सेयर किनिसक्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउने दौडमा रहेको सेवा बिकास बैंकले हाल कायम एक सेयर बराबर १.२० अनुपातमा हकप्रद जारी गर्न धितोपत्र बोर्डमा आबेदन गरेकोमा बोर्डले असोज ६ गते स्वीकृति दिएको थियो । 

४२ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकको १२० प्रतिशत हकप्रद जारी पछि ९३ करोड नाघ्ने छ । बैंकको जगेडा कोषमा २२ करोड रुपैयाँ रहेको छ ।

सेवाले गतआर्थिक बर्षमा १० करोड ७६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकको नाफा अधिल्लो आर्थिक बर्षको तुलनमा साढे ४३ प्रतिशतले बढी हो ।

बैंकको खराब कर्जा शुन्य दशमलव ४२ प्रतिशत र प्रतिशेयर आम्दानी २५ दशमलव ३० रुपैयाँ, मूल्य आम्दानीको अनुपात २१ दशमलव ८६ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ५२ दशमलव २३ रुपैयाँ र तरलता अनुपात २६ दशमलव ८८ प्रतिशत रहेको छ । धेरै कम्पनीको हकप्रद आउँदै गरेकोले यस्ता हकप्रद जारी गर्ने कम्पनीहरुमा संयमित भएर लगानी गर्नुपर्ने देखिएको छ । 

त्यसैगरी स्वरोजगार लघुवित्त(SLBBL)को साधारणसभामा भाग लिन र ३०.४ प्रतिशत बोनस सेयरमा दावी गर्न असोज १७ गतेसम्म सेयर किनिसक्नु पर्ने भएको छ । बैंकले असोज १८ गते सेयरधनी दर्ता किताब बन्द गर्ने सूचना जारी गरेको छ । उसले कार्तिक १३ गते साधारणसभा गर्दैछ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।