नेपाल बैंक
नेपाल बैंक लिमिटेडलले ४७ जना कनिष्ठ सहायक कर्मचारी माग गरेको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापनमा प्रमाणपत्र तह द्धितीय श्रेणीमा उतीर्ण नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । बैंकले खुला, महिला, आदिवासी तथा जनजाती, मधेसी, दलित, अपांग र पिछडिएको क्षेत्र गरी सात वटा कोटा छुट्याएको छ ।ईच्छुक तया योग्यता पुगेका व्यक्तिले असोज २० गतेसम्म बैंकिङ कार्यालय समय भित्रमा आवेदन दिन सक्नेछन ।
सनराइज बैंक
सनराइज बैंकले सुर्खेतको विरेन्द्रनगर, मकवानपूरको हेटौँडा र झापाको दमकमा रहेका शाखा कार्यालयहरुका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले शाखा अधिकृत, अपरेसन इन्चार्ज, जनसम्पर्क अधिकृत र कानुन विभागका लागि कर्मचारी माग गरेको हो । शाखा सञ्चालन, क्रेडिट र सेल्सबारे राम्रो जानकारी भएको, बैंकिङ नियमनबारे जानकारी भएको र अंग्रेजी र नेपाली भाषा लेखन र बोलाईमा पोख्त भएको हुनुपर्नेछ । बैंकले तोके बमोजिम योग्यता पुगेका र इच्छुक व्यक्तिले असोज १४ भित्रमा बैंकको कर्पोरेट कार्यालय गैरीधारा काठमाडौँमा सम्पर्क गर्नुपर्नेछ ।
तिनाउ डेभलपमेन्ट बैंक
तिनाउ डेभलपमेन्ट बैंकले केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले जुनियर एसिस्टेन्ट वा प्रशिक्षार्थी एसिस्टेन्ट र प्रशिक्षार्थी आईटी अफिसर माग गरेको हो । यसका लागि कम्युटर र नेपाली टाइपिङमा दक्ष, उमेर ३० वर्ष नाघेको र व्यवस्थापन संकायमा प्रविणता तह उतीर्ण नेपाली नागरिकले आवेदन दिन सक्ने बताइएको छ । डाटावेश मेनेजमेन्ट, सिस्टक एडमिनिस्ट्रेसन, सफ्टवेर तथा हार्डवेर ट्रबलसुटिङ लगायतमा अनुभव भएकाले आईटी अफिसरका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ । आवेदन दिने मिति असोज १४ गतेसम्म छ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंक लिमिटेडले आफ्ना राजधानीभित्र र बाहिर छरिएर रहेका विभिन्न शाखा कार्यालयहरुका लागि प्रशिक्षार्थी एसिस्टेन्ट माग गरेको छ । बैंकले कमर्स या मेनेजमेन्टमा कम्तीमा ५० प्रतिशत प्राप्तांक सहित स्नातक उतीर्ण गरेको र २६ वर्ष ननाघेको, कम्युटरसम्बन्धि ज्ञान भएको, अंग्रजी र नेपाली भाषा बोलाई र लेखाईमा दक्ष र बैंकको कुनै पनि शाखामा काम गर्न तयार उम्मेदवारलाई असोज १५ गतेभित्र माआवेदन दिइसक्न बैंकले आह्वान गरेको छ ।
ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकले शाखा व्यवस्थापक र जनसम्पर्क अधिकृत माग गरेको छ । कम्तीमा दोस्रो श्रेणीमा स्नातक या सोसरह उतीर्ण गरेको र बैंकिङ क्षेत्रमा दुई वर्ष काम गरेका, ३५ वर्ष उमेर नानाघेका नेपाली नागरिकले आवेदन दिन सक्ने बताइएको छ । यसकालागि इच्छुक तथा योग्यता पुगेका उम्मेदवारलाई असोज १७ गतेभित्र निवेदन र वायोडाटा पठाउन आह्वान गरिएको छ ।
नविलइन्भेष्टमेन्ट बैंकिङ लिमिटेड
नविलइन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक जना कर्पोरेट सल्लाहकार र केही संख्यामा मर्चेन्ट बैंकिङ पदका लागि दरखास्त आह्वान गरेको हो । दुबै पदका लागि व्यवस्थापन तथा अर्थशास्त्रमा पहिलो श्रेणीमा स्नातक उतीर्ण गरेको अथवा सीए, एसीसीए अथवा सीएफए गरेको अथवा विजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । साथै कम्तीमा तीनवर्ष सम्बन्धित क्षेत्रमा काम गरेको हुनुपर्नेछ । नेपाली पुँजीबजार र यसको नियमनबारे जानकारी भएकाले आवेदन दिन सक्नेछन् । ४० वर्ष उमेर ननाघेका इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले असोज १२ गतेभित्रमा कम्पनीको आवेदनदिइ सक्नुपर्नेछ ।
आईएमई लिमिटेड
आईएमई लिमिटेडले काठमाडौँका लागि पाँचजना प्रशिक्षार्थी एसिस्टेन्ट माग गरेको छ ।बैंकमा दरखास्त दिनका लागि एक वा दुई वर्ष सम्बन्धित क्षेत्रमाकाम गरेको अनुभव भएको, सफ्टवेर एप्लिेकसनहरु च्लाउन जानेको, राम्रो कम्युनिकेसन क्षमता भएको र चुनौतीहरुको सामना गर्न सक्ने हुनेपर्ने समेत उल्लेख गरिएको छ । उक्त पदका लागि दरखास्त दिने मिति असोज ११ गते सकिँदैछ ।
...................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।