बैंकले गतबर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनश शेयर र २१ प्रतिशत नगद गरी ४१ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको थियो । बैंकले गत आर्थिक बर्षमा दुई अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले प्रस्ताव गरेको बोनश वितरण पश्चात इन्भेष्टमेन्ट बैंक आठ अर्ब चुक्तापूँजी पुर्याउने पहिलो बैंक समेत बन्नेछ । हाल बैंकको ७ अर्ब २५ करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । बोनश वितरण पश्चात बैकको चुक्तापूँजी ८ अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ ।
गत आर्थिक बर्षको वित्तीय विवरण अनुसार बैंकको जगेडाकोषमा १० अर्ब ५५ करोड रुपैयाँ रहको छ । चुक्ता पूँजी, जगेडा कोष र निक्षेप संकलनको हिसावले नेपाल ईन्भेष्टमेन्ट बैक निजि बैंकहरुमा अग्रणी सावित भएको छ । हाल बैंकले ७ लाख भन्दा बढी ग्राहकलाई ४७ शाखा, ८२ एटिएम मार्फत सेवा दिइरहेको छ ।
बैंकले नेपाल राष्ट्र बैकले तोकेको चुक्ता पूँजी पुगिसकेको भए पनि एक अर्ब भन्दा बढी चुक्ता पूँजी भएको एस डेभलपमेन्ट बैंकलाई किनेर आफुमा मिलाउने निर्णय गरिसकेको छ ।
..................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।