कारोबार रकम र नेप्सेमा गिरावट, सेयर बजारलाई दसै लागेकै हो ?

Sep 27, 2016 merolagani

मंगलबार सेयर बजार ओरालो लागेको छ । आइतबार ३६ अंकले घटेर सोमबार २६ अंकले बढेको बजार मंगलबार ३ अंक बढीले झरेको हो । नेप्सेमा आएको गिरावटसँगै कारोबार रकम पनि खुम्चिएको छ ।  सेयर बजारमा दसैको प्रभाव पर्न थालेकाले लगानीकर्ताहरुमा सेयर किनबेचको चासो कम हुन गई कारोबार रकम र नेप्से दुबैमा गिरावट आएको हुनसक्ने आँकलन गरिएको छ । 

 

 खुल्नासाथ माथि उक्लेको बजार पहिलो आधाघण्टासम्म सकारात्मक रहेपनि त्यसपछि ओरालो लागेको हो। मंगलबार नेप्से ३.३८ अंकले झरेर १७५३.७२ अंकमा पुगेको छ ।

बजार झरेसँगै कारोबार रकम पनि घटेको छ । दैनिक एक अर्बमाथि कारोबार हुदै आएकोे बजारमा मंगलबार जम्मा ७५ करोड ७२ लाख रुपैयाँको मात्र किनबेच भएको छ । यसदिन सेयरबजारमा १४२ कम्पनीको सेयर किनबेच भएको छ ।


अघिल्लो दिनजस्तै मंगलबार पनि एभरेष्ट बैंकको उच्च कारोबार भएको छ ।एभरेष्ट बैकको ११ करोड ५४ लाख रुपैयाँको किनबेच भएको छ । बजार खुल्नु अगावै एभरेष्टले ५० प्रतिशत बोनस दिने चर्चा सामाजिक सञ्जालमा चलेपछि बजार खुल्नासाथ यो कम्पनीको शेयर भाउ उकालो लागेको थियो । लाभांशको चर्चाले एभरेष्टको सेयर किनबेचमा तिब्रता आएको हो तर कम्पनीको तर्फबाट कुनै पनि प्रकारको आधिकारीक जानकारी सार्वजनिक नभएपछि अन्तत यो कम्पनीको कारोबार बढेपनि सेयरमूल्य भने केही झरेको छ । एनबी बैंक र सिद्धार्थ बैंकको पनि पाँच करोड बढीको कारोबार भयो ।

बजारका सबै उपसुचकहरु ओरालो लाग्दा बजार राताम्मे बनेको छ । सबैभन्दा वढी उत्पादनमूलक क्षेत्र २८ अंकले झरेको छ । बिमा पनि २३ अंकभन्दा वढिले झरेको छ ।

घटेको बजारमा रिलायवल माइक्रोफाइनान्स, एनबी इन्स्योरेन्स र रिलायन्स लोटसका लगानीकर्ताले झन्डै १० प्रतिशत हाराहारीले कमाएका छन् । ज्योती विकास बैंकको सेयर मूल्य पनि नौं प्रतिशत हाराहारी बढेको छ । ज्योति विकास बैंकको झिमरुकसँग मर्ज भएपछि आज पहिलो पटक कारोबार खुलेको हो ।

वोटलर्स नेपाल तराइका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएको बजारमा ङादी ग्रुप पावर, कसमस डेभलपमेन्ट, कञ्चन डेभलपमेन्ट लगायतका कम्पनीका लगानीकर्ता धेरै गुमाउनेमा परेका छन् ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।