थाईल्याण्ड नेपाल दशैं फेष्टिवल शुक्रबारदेखि

Sep 27, 2016 Mero Lagani

नजिकिँदै गरेको दशैंको पुर्वसन्ध्यामा राजधानीमा थाइल्याण्ड नेपाल दशैं फेष्टिवल आयोजना हुने भएको छ । सायम लंचंग बैंककको आयोजना यहि असोज १४ गते शुक्रबारदेखि १८ गते मंगलबारसम्म फेष्टिबल आयोजना हुन लागेको हो । फेसष्टबलले नेपाल र थाइल्याण्डको व्यवशायिक सम्बन्ध बिस्तारमा टेवा पुग्ने विश्वास गरिएको छ ।

राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी फेष्टिबलको आयोजकले थाईल्याण्ड नेपाल दशैं फेष्टिवल २०१६ मा नेपाल, थाइल्याण्ड र बंगलादेशको गरी १ सय ५० बढी प्रदर्शनी कक्षहरु रहने जानकारी दिएको छ । नेपालका लागि थाई राजदुताबास, थाइल्याण्ड नेपाल चेम्बर अफ कमर्श तथा ललितपुर उद्योग वाणिज्य संघको विशेष सहयोगमा आयोजना हुन लागेको फेष्टिबलले नेपाल र थाइल्याण्डबीचको व्यवशायिक सम्बन्ध बिस्तारमा टेवा पुग्ने विश्वर थाई राजदुताबासले लिएको छ ।

पत्रकार सम्मेलनमा नेपालका लागि थाई राजदुत भुटी भुटीसान्टले दुई मुलुकका बिचमा फेष्टिबलले व्यवशायकि सम्बन्ध बिस्तार गर्ने भन्दै फेष्टिबल अवलोकनमा आउनका लागि अपील गरे ।

थाई एयरवेजले प्रवद्र्धन गरेको फेष्टिबलले गुणस्तरीय उत्पादनको प्रयोगमा नेपाली उपभोक्तालाई अभ्यस्त बनाउन सहयोग पुग्ने विश्वार आयोजकको छ । फेस्टिवलको मार्के्टिंग पार्टनर गुड नेटवर्क तथा मार्केटर रहेका छन् । सिन्थेसिस एक्विजिसन्स एण्ड इभेण्ट्स प्रालिको व्यवस्थापनमा काठमाण्डौंको भृकुटिमण्डपस्थित प्रदर्शनी कक्षमा आयोजना हुने एक्स्पोमा ३० भन्दा बढी बंगलादेशी व्यवशायीहरुले आफ्ना उत्पादनहरुको प्रदर्शन तथा बिक्रि बितरण गर्नेछन् । त्यसै गरी थाइल्याण्डका ४० भन्दा बढी व्यवशायीको पनि फेष्टिबलमा सहभागिता रहनेछ ।

विभिन्न विधाका उत्पादनहरु निर्माण सामग्री, तयारी पोशाक, प्लाष्टिकजन्य उत्पादन, सेरामिक्स, खाद्यान्न तथा खाद्य पदार्थ छालाजन्य उत्पादन, टेक्सटाइलका उत्पादन, औषधिजन्य उत्पादन, सौन्दर्य सामग्री, जुत्ता चप्पल, विद्युतीय सामग्री एक्सपोको आकर्षणका रुपमा रहने छन् । त्यसै गरि हस्तकलाका उत्पादन, कृषि जन्य उत्पादन तथा औजार, तयारी खाद्य सामग्री, प्रविधिजन्य सेवा सुविधा तथा पर्यटन सम्बन्धी वस्तु तथा सेवा एक्स्पोका अवलोकनकर्ताको आकर्षण बन्ने छ ।

एक्स्पोमा नेपालका तर्फबाट पनि व्यवशायीहरुले बैंकक आयात गर्न चाहनेहरुलाई लक्षित गर्दै आफ्ना उत्पादनहरुको प्रदर्शनी तथा बिक्रि बितरण गर्ने छन् । जसले नेपालमा उत्पादित वस्तु तथा सेवाको पहुँच बैंकक पुर्याउन र नेपाली उत्पादन निर्यात प्रवद्र्धन गर्न सहयोग पुर्याउने छ । यसका अलावा पछिल्लो समय विकास भएका प्रविधिको नेपाल र बैंकक साटा साट गर्न पनि एक्स्पोले महत्वपुर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।

यसका अलावा नेपाल र बैंकक द्धिदेशिय सम्बन्ध बिस्तारका बहुआयामिक पक्षहरुलाई समेत फेस्टिवलले उजागर गर्नेछ । थाईल्याण्ड नेपाल दशैं फेष्टिवल २०१६ को सफलताले नेपाल बैंकक बीचको सम्बन्ध बिस्तार, सहकार्य बिस्तार र आगामी दिनको व्यवशायिक मार्ग्निर्देशन गर्ने अपेक्षा छ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।