बैंक अफ काठमाण्डू लुम्बिनीको शेयर कारोबार बुधबारदेखि, कतिमा होला किनबेच ?

Sep 27, 2016 Mero Lagani

बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्ज भई बनेको बैंक अफ काठमाण्डू लुम्बिनी (BOKL) को शेयर कारोबार बुधबारदेखि खुल्ने निश्चित भएको छ । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेञ्जलाई शेयर कारोबार खुलाईदिनका लागि पत्राचार गरे पछि बुधबारदेखि बैंकको शेयर कारोबार खुल्ने पक्का भएको हो ।

नेप्सेका अनुसार बुधबारदेखि बैंक अफ काठमाण्डू लुम्बिनीको शेयर कारोबार बीओकेएलको संकेतबाट हुनेछ । उसले राष्ट्र बैंकबाट शेयर कारोबार खुलाउन पत्र प्राप्त भएको जनाउँदै कारोबार संकेतको जानकारी दिएको हो ।

 

मर्जर सम्झौता गरे पछि गत पुस ९ गतेदेखि रोक्का रहेको बैंकको शेयर कारोबार १० महिना पछि खुल्न लागेको हो ।
मर्जर सम्झौताका बेला ५ सय ८५ रुपैंयामा बीओकेको अन्तिम पटक शेयर कारोबार भएको थियो । बुधबार पनि सोही मूल्यभन्दा माथिल्लो विन्दुबाट शेयर कारोबार खुल्न सक्ने सम्भावना छ ।

लामो समयसम्म कारोबार हुन नपाएका कारण विगतमा अरु कम्पनीको जस्तै बुधबार बीओकेएलको शेयर सजिलै किन्न नपाईने देखिन्छ ।

राष्ट्र बैंकले ल्याएको पूँजी बृद्धि योजना अनुरुप यी दुई संस्थाहरु एक आपसमा मर्जमा गएका हुन् । मर्जरसँगै बैंकको चुक्ता पूँजी ४ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा प्रतिशेयर आम्दानी २४ रुपैंया ५० पैसा रहेको बैंकले लगानीकर्तालाई दिने प्रतिफल प्रस्ताव गरिसकेको छैन । स्वापबाट आएको उक्त ३९ करोड ५५ लाख रुपैयाँ बैंकको जगेडा कोषमा गएको छ र सो रकम समेत जोडेर बैंकले लगानीकर्तालाई यस पटक बोनस शेयर प्रस्ताव गर्न सक्छ ।

यी दुई संस्था एक आपसमा गाभिदा सेयर स्वाप रेसियो बीओकेको १०० बराबर ८२.८१ रुपैयाँको सेयर अनुपातमा मिलान गरेर लगानीकर्ताको डिम्याट खातामा समायोजन भैसकेको छ ।

यो समाचार सामाग्री अन्य मिडियाहरुले प्रकाशन गर्नुअघि मेरोलगानी डटकमको अनिबार्य रुपमा अनुमति लिनुहोला । 

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।