सानिमा बैंकको १५ प्रतिशत,आइसिएफसीको १७ प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 28, 2016 merolagani

सानिमा बैंक(SANIMA) को साधारणसभामा सहभागी बन्न तथा प्रस्तावित बोनस सुरक्षित गर्न आज सेयर किन्ने अन्तिम दिन हो । साधारणसभा प्रयोजनका लागि असोज १३ मा सानिमाको सेयरधनी दर्ता पुस्तिका बन्द हुदैछ । त्यस्तै आइसिएफसी फाइनान्स (ICFC) ले प्रस्ताव गरेको लाभांस सुरक्षित गर्न पनि सेयर किन्ने आज अन्तिम दिन हो । सानिमाले असोज २८ तथा आईसीएफसीले कात्तिक एकमा साधारणसभा डाकेका छन् ।



सानिमाले असोज २८ गते बाह्रौ साधारणसभा बोलाएको छ । सेयरमा हकदावी गर्न असोज १२ भित्रमा यस बैंकको सेयर किनेको हुनुपर्नेछ । असोज १३ गते सानिमाको सेयरधनी दर्ता किताब बन्द हुने बैंकले जनाएको छ । बैंकले असोज २८ गते साधारणसभा गर्देछ ।

सानिमा बैंकले गत आर्थिक बर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । साथै बैंकले फेरी ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत साधारणसभामा लग्दैछ । १५ प्रतिशत बोनस र ३० प्रतिशत हकप्रद शेयरजारी गरेपछि चुक्ता पूँजी ६ अर्ब ८६ करोड रुपैयाँ पुग्नेछ ।

 

गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई १७ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको आईसीएफसी फाइनान्सले पनि आज लाभांस सुरक्षित गर्ने अन्तिम दिन हो । यो कम्पनीको पनि असोज १३ गते सेयरधनी दर्ता पुस्तिका बन्द हुँदैछ । फाइनान्सले कात्तिक एक गतेका लागि साधारणसभा बोलाएको छ ।

फाइनान्सले लगानीकर्तालाई १७ प्रतिशत बोनस तथा शुन्य दशमलव ८९ प्रतिशत नगद लाभांस बितरणको प्रस्ताव गरेको थियो । आईसीएफसी फाइनान्सले दशैं पछि साधारण सभा आह्वान गरी लगानीकर्तालाई उक्त लाभांस बितरण गर्नेछ ।

गत आर्थिक वर्षमा १५ करोड ३७ लाख ४९ हजार रुपैंया खुद नाफा कमाएको फाइनान्सले ६८ करोड ५२ लाखको पूँजीलाई ८० करोड बनाउने गरी लाभांस प्रस्ताव गरेको हो । योसंगै आईसीएफसी फाइनान्स राष्ट्र बैंकले ताकेको पूँजी पुर्याउने पहिलो फाइनान्स कम्पनी बन्ने भएको छ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।