बैंक अफ काठमाण्डूको बोनस पछिको शेयर मूल्य समायोजन भएर बीओकेएल संकेतबाट कारोबार खुल्यो

Sep 28, 2016 Merolagani

दुई बाणिज्य बैंक एक भएर बनेको बैंक अफ काठमाडु लुम्बिनी(BOKL)को सेयर कारोबार आजदेखि खुलेको छ । अघिल्लो आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई २६ प्रतिशत बोनस बितरण प्रस्ताव गरेको बैंक अफ काठमाण्डूको शेयर मूल्य समायोजन भएको सूचना नेप्सेमा आज आएपछि बीओकेएलको १० कित्ता प्रति कित्ता ४७३ रुपैयाँमा पहिलो कारोबार भएको हो

बीओकेएलको सेयर कारोबार खुलेको सूचना आउने बित्तिकै एक लाख चालिस हजार कित्ता सेयर किन्न लगानीकर्ताहरु बसेका मार्केट डेब्थमा देखिएको थियो ।

मर्जर पछि बनेको नयाँ बैंकको नामबाट बुधबारदेखि शेयर कारोबार खुल्नै लाग्दा बैंकको प्रतिकित्ता शेयर मूल्य ४६४ रुपैंया निर्धारण भएको सूचना नेप्सेमा दिईएको थियो ।

लुम्बिनी बैंकसँग मर्जरमा रहँदा बीओकेले २६ प्रतिशत बोनस तथा १ करोड ३६ लाख ८४ हजार रुपैंया नगद लाभांस गत जेठ १७ गते सम्पन्न २१ एकाईसौ वार्षिक साधारण सभाले पारित गरेको थियो । मर्जर पुरा भएर एकीकृत कारोबार खुल्ने दिनमा बैंकको उक्त बोनस समायोजन गरिएको हो । मर्जर सम्झौता पछि कारोबार रोक्का हुँदा बैंकको प्रतिकित्ता शेयर मूल्य ५ सय ८५ रुपैंया रहेको थियो ।

समायोजित शेयर मूल्यभन्दा माथि रहेको बेस रेट ४९५ रुपैंया रहेको छ । राष्ट्र बैंकले मंगलबार नेपाल स्टक एक्सचेञ्जलाई मर्जर पछि बनेको नयाँ संस्था बैंक अफ काठमाण्डू लुम्बिनीको शेयर कारोबार सुचारु गराउनका लागि पत्र पठाएको थियो । मर्जर सम्झौता गरे पछि गत पुस ९ गतेदेखि रोक्का रहेको बैंकको शेयर कारोबार १० महिना पछि खुलेको हो ।

राष्ट्र बैंकले ल्याएको पूँजी बृद्धि योजना अनुरुप यी दुई संस्थाहरु एक आपसमा मर्जमा गएका थिए । मर्जरसँगै बैंकको चुक्ता पूँजी ४ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा प्रतिशेयर आम्दानी २४ रुपैंया ५० पैसा रहेको बैंकले लगानीकर्तालाई दिने प्रतिफल प्रस्ताव गरिसकेको छैन । स्वापबाट आएको उक्त ३९ करोड ५५ लाख रुपैयाँ बैंकको जगेडा कोषमा गएको छ र सो रकम समेत जोडेर बैंकले लगानीकर्तालाई यस पटक बोनस शेयर प्रस्ताव गर्नसक्छ ।

यी दुई संस्था एक आपसमा गाभिदा सेयर स्वाप रेसियो बीओकेको १०० बराबर लुम्बिनीको ८२.८१ सेयर अनुपातमा मिलान गरेर लगानीकर्ताको डिम्याट खातामा समायोजन भैसकेको छ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।