बल्ल गर्यो नेशनल लाइफले अघिल्लो वर्षको ३० प्रतिशत बोनस प्रस्ताव

Sep 28, 2016 Mero Lagani

नेशनल लाइफ इन्स्योरेन्स (NLICL) ले अघिल्लो आर्थिक वर्ष अर्थात २०७१/०७२ को कमाईबाट लगानीकर्तालाई ३० प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । गत आर्थिक वर्षको कमाईबाट अहिलेसम्म कुनै बीमा कम्पनीले लाभांस प्रस्ताव गरेका छैनन् । नेशनल लाइफको एकै पटक २ वर्षको बोनस आउने आशमा लगानीकर्ता रहेको भए पनि त्यस्तो नभए पछि बुधबार बजारमा त्यसको असर देखिएको छ ।

अघिल्लो आर्थिक वर्षको कमाईबाट अधिकांश बीमा कम्पनीहरुले लाभांस प्रस्ताव गरिसकेको अवस्थामा नेशनल लाइफको सञ्चालक समितिले नगद लाभांस बाहेक बोनस मात्र ३० प्रतिशत दिने प्रस्ताव गरेको हो । बीमा समितिबाट उक्त प्रस्ताव स्वीकृत भए पछि साधारण सभाबाट पारित गराएर लगानीकर्तालाई लाभांस बितरण गरिनेछ । यद्यपी कर प्रयोजनका लागि नगद लाभांसको व्यवस्था नगरिएका कारण लगानीकर्ताले बोनस शेयर आफ्नो खातामा जम्मा गराउनका लागि समस्या झेल्नु पर्ने भएको छ ।

अपडेट: यो खबर प्रकासित भएको केहिबेर पछि कम्पनीका सहायक महाप्रबन्धक प्रताप क्षेष्ठले  कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांस प्रस्ताव गरिएको मेरोलगानीलाई जानकारी दिए । हामीले कर प्रयोजनका लागि नगद लाभांस प्रस्ताव गरेको बारेमा नेप्सेमा जानकारी गराइसकेको उनले बताए । तर  नेप्सेको वेभसाईटमा प्रकासित सूचनामा कर प्रयोजनका लागि छुट्याइएको लाभांसका बारे उल्लेख गरिएको थिएन । 

      ... [लौ चिन्नुहोस् आफ्ना साधारण सेयरधनीलाई हदैसम्म सास्ती दिनखोज्ने नौ कम्पनी] ...

 

१ अर्ब १ करोड ९१ लाख २५ हजार रुपैंया चुक्ता पूँजी रहेको कम्पनीको प्रस्तावित बोनस बितरण पश्चात चुक्ता पूँजी १ अर्ब ३१ करोड नाघ्नेछ । कम्पनीले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई लाभांस प्रस्ताव गर्न बाँकी नै छ । गत आर्थिक वर्षमा बीमांकीय मुल्यांकन समायोजन नगरी निकालिएको वित्तीय विबरण अनुसार कम्पनीले १६ करोड ९५ लाख ९० हजार रुपैंया खुद नाफा कमाएको थियो ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।