राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डले नगद लाभांस तथा शेयर निष्काशनमा शेयर नपरेको पैसा फिर्ता गर्दा सिधै बैंक खातामा जम्मा गर्न मर्चेण्ट बैंक तथा शेयर निष्काशन गर्ने कम्पनीहरुलाई निर्देशन दिएको भए पनि त्यस्तो हुन नसकेको हो । शनिबार शेयर बाँफाँड भएको लघुवित्तको शेयर नपरेको पैसा बिहीबारदेखि फिर्ता गरिने लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलले जनाएको छ ।
क्यापिटलले बिहीबारदेखि शेयर नपरेको पैसा फिर्ता गर्ने क्रममा नेपाल इन्भेष्टमेण्ट बैंक, प्रभु बैंक, एनआईसी एशिया बैंक, एपेक्स डेभलपमेण्ट बैंक, एस डेभलपमेण्ट बैंक, आईसीएफसी फाइनान्स, गुहेश्वरी मर्चेण्ट बैंकिंग एण्ड फाइनान्स, गुडबिल फाइनान्समा खाता भएका लगानीकर्ताको बै.क खातामा मात्र शेयर नपरेको पैसा पठाउने तयारी पुरा गरेको छ । अरु बैंकको खाता विबरण उपलब्ध गराउने लगानीकर्ताले भने शेयर आवेदन गरेको स्थानमा गएर चेक संकलन गरी आफ्नो बैंक खातामा जम्मा गर्नुपर्ने हुन्छ ।
क्यापिटलका अनुसार सिधै बैंक खातामा रकम जम्मा गर्ने प्रणालीको अभावमा पैसा पठाउन नसकिएको हो । प्रत्येक आवेदनमा उपलब्ध गराइएको बैंक खाताको विबरण बैंकहरुले रुजु गराएर रकम जम्मा गराउन सक्ने वा नसक्ने भन्ने निर्णय गर्ने भएका कारण नेशनल माइक्रोमा शेयर नपरेको पैसा लगानीकर्ताको बैंक खातामा पठाउन नसकिएको क्यापिटलले जनाएको छ । बैंक खाता र आवेदन फारममा उल्लेख हुने विबरणमा अक्षरमा मात्र फरक पर्दा पनि रकम जम्मा गराउन नसक्ने अवस्थाका कारण बैंकहरुले त्यस्ता तथ्यांक रुजु गराउन नचाहेका कारण पनि रकम फिर्ता गर्ने प्रकृयामा सुधार हुन नसकेको हो ।
धितोपत्र बोर्डले सबै मर्चेण्ट बैंक तथा कम्पनीहरुलाई नगद लाभांस तथा शेयर नपरेको रकम बैंक खातामा पठाउन निर्देशन दिएको थियो । तर कसरी गर्ने भन्ने् सम्बन्धमा कुनै विषय उल्लेख नगरेका कारण अन्यौलता थपिएको हो ।
धादिङमा कार्यालय रहेको राष्ट्रियस्तरको नेशनल माईक्रोफाईनान्सले आफ्नो १० करोड चुक्ता पूँजी मध्ये ३० प्रतिशत अर्थात तीन लाख कित्ता सर्बसाधारणमा जारी गरेको हो । नेपाल ईन्भेष्टमेन्ट बैंक, कुमारी बैंक लगायतका ७ वटा बैंक तथा बित्तीय संस्थाहरु प्रबद्र्धक रहेको कम्पनीको अध्यक्षमा अर्थ मन्त्रालयका पूर्व सल्लाहकार केशवप्रसाद आचार्य छन् ।
कम्पनीले गत आर्थिक बर्षको अन्त्यसम्म २ करोड ३२ लाख खुद नाफा गरेको र चालु आर्थिक बर्षमा ४ करोड खुद नाफा नघाई कम्तिमा १३ प्रतिशत प्रतिफल दिनसक्ने आँकलन प्रस्तुत गरेको छ ।
...................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।