कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई १३ दशमलब ५० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । साथै, फाइनान्सले कर प्रयोजनको लागि शुन्य दशमलब ७१ प्रतिशत नगद लाभांश दिने भएको छ । साउन २० गते बसेको कम्पनीको सञ्चालक समितिले उक्त निर्णय गरेको हो ।
हाल कम्पनीको ४९ करोड ११ लाख १९ हजार रुपैंया चुक्तापूँजी रहेको छ । बोनस वितरणपछि कम्पनीको चुक्तापूँजी ६ करोड ६३ लाख रुपैंया थपिएर ५५ करोड ७४ लाख रुपैयाँ पुग्नेछ ।
त्यसपछि कम्पनीले संस्थापक तथा सर्वसाधारणको शेयर ५१ स् ४९ प्रतिशत कायम गर्न ९ लाख ८३ हजार ६ सय ८२ कित्ता नयाँ सेयर निष्कासन गर्नेछ । यो प्रस्ताव समेत फाइनान्सले साधारसभाबाट अनुमोदन गराउनेछ ।
गत आर्थिक बर्षमा फाइनान्सले ८ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको प्रति शेयर आम्दानी १७ रुपैयाँ र जगेडा कोषमा १९ करोड रहेको छ । फाईनान्सको प्रति शेयर नेटवर्थ १४०, मूल्य आम्दानी अनुपात १६ गुणा र पूँजी कोष अनुपात २२ प्रतिशत रहेको छ ।
...................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।