सेयरबजारमा गिरावट जारी, कारोबार ७५ करोडमै सिमित

Sep 28, 2016 merolagani

बुधबार पनि सेयरबजार ओरालो लागेको छ । उत्पादन र अन्य बाहेकका सबै समूह ओरालो लागेपछि बुधबार नेप्से ४.६२ अंकले झरेको छ भने कारोबार रकममा समेत गिरावट आएको छ ।बजार घटेपनि दुई कम्पनीका लगानीकर्ताले दशप्रतिशतका दरले कमाएका छन् ।



बुधबार नेप्से ४.६२ अंकले झरेर १७४९.१० अंकमा आईपुगेको छ । १३६ कम्पनीको सेयर किनबेच भएको बजारमा ७५ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबारको तुलनामा कारोबार रकम समेत २० करोडले कम हो ।

बुधबार बीमा समुहको परिसुचक सवैभन्दा बढी ७८ दशमलव ३१ अंकले घटेको छ । त्यस्तै होटल समुह १४ दशमलव ७८,विकास बैंक ६ दशमलव ३ र सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुह २ दशमलव ७१ अंकले ओरालो लागेको छ । त्यसैगरी जलविद्युत र फाइनान्स समुहको परिसुचक क्रमशः १ दशमलव ५७ र ० दशमलव ४७ अंकले घटेको छ । यता उत्पादन र अन्य समुहको परिसुचक भने ११ र ० दशमलव ५८ अंकले उकालो लागेको छ ।

बुधबार अघिल्ला ेबर्षको लाभांस घोषणा गरेको नेशनल लाइफ इन्स्योरेन्सको सेयरमा लगानीकर्ता ओइरिएका छन् । कम्पनीको ११ करोड ९३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । एनबी बैंकको आठ करोड २६ लाखको र सानिमा बैंकको पाँच करोडको किनबेच भएको छ ।

यी कम्पनीको शेयरमा किनभयो लगानीकर्ताको हारालुछ ?

लुम्बिनी बैंक गाभेर बनेको बैंक अफ काठमाण्डू लुम्बिनी बैकको सेयर मूल्य ९.९१ प्रतिशतले बढेको छ । बैंकको सेयर कारोबार आजैबाट सुचारु भएको हो । ज्योती विकास बैंकको पनि करिव १० प्रतिशत हाराहारीले सेयर मूल्य बढेको छ ।  वढि गुमाउनेमा जेबिल्स फाइनान्स र प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ता छन् ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।