सिभिल बैंक र आईएलएफसी मर्जरको अन्तिम टुङो लाग्यो,कति तोकियो स्वाप ?

Sep 28, 2016 merolagani

मर्जर सम्झौता गरेको झण्डै नौ महिना पछि सिभिल बैंक (CBL)  र इन्टरनेशनल लिजिंग एण्ड फाइनान्स(ILFC) ) को मर्जरको अन्तिम टुङो लागेको छ । दुई कम्पनी मर्ज हुँदाको स्वाप रेसियोको अन्तिम टुङो लागेसँगै मर्जर पुरा भएको हो।


राष्ट्र बैंकको निर्देशनपछि स्वाप रेशीयो १००: ७४.७२ कायम भएको छ । अब एक सय कित्ता सेयर हुने सिभिल बैंकका शेयरधनीले एक सय कित्ता तथा एक सय कित्ता शेयर हुने आईएलफसीका शेयरधनीले ७४.७२ कित्ता शेयर पाउनेछन्। राष्ट्र बैंकले शेयर स्वाप रेशियो परमार्जन गरेपछि दुई कम्पनीको मर्जर टुङिएको सिभिल बैंकका कम्पनी सचिव डिल्लीराम श्रेष्ठले मेरो लगानीलाई जानकारी दिए ।

यसअघि सिभिल बैंकको विशेष साधारण सभाले मर्जरपछि सिभिल बैंकका १०० कित्ता शेयर हुने लाई १११ दशमलव शुन्य ८ कित्ता तथा १०० कित्ता आईएलएफसीको शेयर भएकालाई ८३ कित्ता शेयर बितरण गर्ने प्रस्ताव पारित गरेको थियो । जसलाई राष्ट्र बैंकले परिमार्जन गर्न दुई कम्पनीलाई निर्देशन दिएको थियो ।

मर्जरका क्रममा आउने प्रिमियमका सम्बन्धमा फरक प्रस्ताव पारित भएका कारण राष्ट्र बैंकले स्वाप परिमार्जन सहित अन्तिम स्वीकृति दिएको हो । राष्ट्र बैंकले हालै जारी गरेको निर्देशनमा मर्जमा जाने कम्पनीहरुको स्वाप रेसियो एकसय भन्दा बढी हुनु नहुने उल्लेख छ ।

३ अर्ब ८ करोड रुपैंया चुक्ता पूँजी रहेको सिभिल बैंक र २ अर्ब ८८ लाख रुपैंया चुक्ता पूँजी रहेको आइएलएफसीलाई गाभेपछि चुक्ता पूँजी ५ अर्ब रुपैंयाभन्दा माथि पुग्नेछ ।

बैंकले २३ करोड ८६ लाख रुपैयाँ चुक्ता पूँजी भएको युनिक फाइनान्स, २२ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी भएका हामा मर्चेन्ट एण्ड फाइनान्स पनि खरिद गर्देछ ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।