कुमारी बैंकको पनि खुल्यो सेयर कारोबार, सुरुको मूल्य कति ?

Sep 29, 2016 Merolagani

एनसीसी बैंकसँग मर्ज प्रक्रिया तोडेर आएको कुमारी बैंक(KBL)को सेयर कारोबार बिहीबारदेखि खुलेको छ । कुमारीको गत बर्ष बितरण गरेको ११ प्रतिशत बोनस सेयर समायोजन गरेर प्रतिकित्ता न्युनतम मूल्य ३४७ रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले कुमारीको सेयर कारोबार खोल्न नेप्सेलाई पत्र लेखेपछि नेप्सेले कारोबार खोलेको हो । 

नेप्सेमा आज सेयर कारोबार हुँदा ३४७ रुपैयाँमा सुरुमा दुई प्रतिशत बढेर कारोबार हुनसक्छ । कुमारीको आधार मूल्य भने ३७४ तोकिएको नेप्सेले जनाएको छ ।

२ अर्ब ६९ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकले एनसीसीसँग मर्जर प्रकृया तोडे पछि ५० प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्षमा ७४ करोड बढी खुद नाफा गरेको छ । बैंकले उक्त कमाईबाट लगानीकर्तालाई दिने प्रतिफल भने प्रस्ताव गर्न बाँकी छ । अहिलेको चुक्ता पूँजीमा नै ५० प्रतिशत हकप्रद निष्काशन गर्दा उसको चुक्ता पूँजी ४ अर्ब ३ करोड रुपैंया नाघ्ने छ ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।