फाइनान्सले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई साधारण सभाले पारित गरे पछि लगानीकर्ताले पाउने छन् । गत आर्थिक वर्षमा नै १ सय ७५ प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव विशेष साधारण सभाबाट पारित गरेको लामो समय पछि फाइनान्सले हकप्रद निष्काशनका लागि एक साता अघि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
२५ करोड ६ लाख ५० हजार रुपैंया चुक्ता पूँजी रहेको फाइनान्सले गत आर्थिक वर्षमा ३ करोड ३० लाख ७१ हजार रुपैंया खुद नाफा कमाएको थियो । ६ करोड ५२ लाख ४४ हजार रुपैंयाको जगेडा कोष रहेको फाइनान्सले गत आर्थिक वर्षमा पारित गरेको १ सय ७५ प्रतिशत हकप्रद निष्काशन तथा बोनस बितरण पश्चात फाइनान्सको चुक्ता पूँजी ७२ करोड ४३ लाख रुपैंयाको हाराहारीमा पुग्नेछ । ३ गुणाले एकै पटक पूँजी वृद्धि हुँदा फाइनान्सको अन्य वित्तीय सुचकांकहरु कस्तो अवस्थामा रहने छन् भन्ने अहिले नै लेखाजोखा गर्न सकिँदैन ।
...................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।