सानिमा बैंकको प्रतिकित्ता शेयरमूल्य ६ सय ५८ रुपैंयामा समायोजन भएको छ । उता आइसीएफसी फाइनान्सको प्रतिकित्ता शेयर मूल्य ३ सय २६ रुपैंयामा समायोजन भएको छ ।
सानिमाले अघिल्लो आर्थिक बर्षको चौथो त्रैमाससम्ममा जम्मा ६२ करोड ४१ लाख खुद नाफा कमाएकोमा गत आर्थिक बर्ष भरिमा एक अर्ब ४ करोड ९५ लाख रुपैयाँ कमाएर ६७ प्रतिशतले प्रगति गरेको छ । बाणिज्य बैंकहरु मध्येमा सबैभन्दा थोरै निस्क्रिय कर्जा रहेको किर्तिमान कायम गरेको सानिमाले गत आर्थिक बर्षको अन्त्यसम्ममा त्यसमा अरु प्रगति गरी ०।०२ प्रतिशतमा झारेको छ ।
बैंकले ब्याज आम्दानी र संचालन नाफामा उल्लेखनीय बढोत्तरी गरेको छ भने निक्षेप संकलन भन्दा कर्जा बिस्तारको दरलाई बढाएर अर्को उदाहरण प्रस्तुत गरेको छ । गत बर्ष २० प्रतिशत बोनस शेयर दिएर लगानीकर्ताहरुको मन जितेको बैंकको प्रति शेयर नेटवर्थ १४६ र पूँजी कोष १२।६५ प्रतिशत रहेको छ । हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५९ करोड पुगेकोमा बोनस बितरण पश्चात बैंकको पूँजी ५ अर्ब २८ करोडको हाराहारीमा पुग्नेछ । बैंकले फेरी ३० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरिसकेको छ । आगामी साधारण सभाले बोनसका साथै प्रस्तावित हकप्रद पारित गर्दैछ ।
आईसीएफसी फाइनान्सले गत आर्थिक वर्षको कमाईबाट प्रस्ताव गरेको लाभांस बितरण पश्चात चुक्ता पूँजी ८० करोड रुपैंया पुग्नेछ ।
....................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।